इटहरी । जग्गा नामसारी गरेबापत डेढ लाख रुपैँया घुस माग्ने भूमिसुधार तथा मालपोत कार्यलय इनरुवाका २ जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु। १ लाख ५०,हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले रंगेहात पक्राउ गरेको हो । ्
निज नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ० घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुनसरी, इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारका प्रवत्ता भोला दाहालले विज्ञप्तिमार्फत बताएका छन् ।