इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि निर्घात कुटपिट भएपछि पिडित महिलाले आफुलाई कुटपिट गर्नेलाई कारवाहिको माग गर्दै किटानी जाहेरी दिएकी छन् ।
बुधबार मात्रै रामधुनी ८ पौडेल चोकमा ४ जना महिला र एक पुरुषले अभद्र व्यवहार गर्दै कुटपिट गरेपछि पिडित महिलाले जिल्ला प्रहरी कार्यलय सुनसरीमा किटानी जाहेरी दिएकी हुन ।
जाहेरीमा कुटपिट गर्ने सन्तोष साहसहित २० बर्षीय निशान साह, २९ बर्षीय ललिता शाह, ३६ बर्षीय हिरा साह र ५५ बर्षीय जलेश्वरी देवी साहविरुद्ध जाहेरी दिएकी हुन् ।
पीडित महिलाले आफुमाथि पीडक पक्षले ‘अभद्र व्यवहार गरेको’ भन्दै मुलुकी अपराध संहिता २०७४ को परिछेद ५ दफा ११८ बम्मोजिम अपराध गरेको दावी गर्दै सोहि अनुसार कारबाहीको माग गरेकी छिन् ।
पुरानो घटनालाई लिएर आफु घरमा खाना पकाइरहेको अवस्थामा हातपात गरी घिसार्दै लगेर कुटपिट गरिएको पीडित महिलाले बताएकी छन् ।महिलामाथि कुटपिटमा संलग्न मध्ये २ जनालाई पक्राउ गरेर अनुसन्धान गरीहरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले बताएको छ ।
पीडित महिलामाथि साह परिवार मिलेर सामुहिक रुपमा निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसमा सञ्जाल प्रयोगकर्ताले चासो दिएका छन् । पिडकलाई हदैसम्मको कारवाहि हुनुपर्ने उनिहरुको माग छ ।