सहकारी सुधार्न इटहरी उपमहानगरको सक्रियता, नगरप्रमुखको निर्देशनमा सहकारी शाखाको तिव्र अनुगमन

प्रकाश बन्जारा ।

इटहरी ।सहकारी संस्थामा बचत गर्ने सर्वसाधारण बचत कर्ताको बचतलाई सुरक्षित गर्न इटहरीका नगरप्रमुखको निर्देशनमा सहकारी शाखाले सक्रियता बढाएको छ ।

यस अघि बिभिन्न समयमा सहकारी शाखाले गरेको कामकारबाही भन्दा अहिले सहकारी शाखाले सक्रियता देखाएपछि सहकारी अभियन्ताहरु समेत खुसी भएका छन् ।

बिगत एक बर्षदेखि सहकारी शाखाको नेतृत्व सम्हाल्दै आएका बालकुमार पोखरेलले सहकारी संस्थाहरु बिधि पद्धती भन्दा निकै पर रहेका कामकारवाही गरीरहेको पाएपछि तिनीहरुको निरिक्षण र अनुगमनमा सहकारी शाखा लागिपरेको बताएका छन् ।

सहकारीबाट आफुहरु ठगिएको उजुरी आउन लागेपछि सहकारी शाखाले अनुगमनलाई तिव्रता दिएको शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् । पोखरेलका अनुसार सहकारी शाखाले झण्डै एक दर्जन सहकारीको अनुगमन गरिसकेको छ भने थप सहकारी संस्थाहरुको अनुगमन गर्नेक्रममा रहेको बताएको छ ।

अनुगमनका क्रममा सहकारी संस्थाहरुका सहकारी ऐन, नियमावली भन्दा टाढा रहेर काम गर्ने गरेको, आफ्नै बिनियममा समेत नभएको काममा लगानी गर्ने गरेको, सहकारीको नीतिभन्दा पर गएर ऋण लगानी गर्ने गरेको भेटिने गरेको उपमहानगरको सहकारी शाखा प्रमुख पोखरेलले बेष्ट सञ्चारलाई सुनाए ।

उपमहानगरको सहकारी शाखाले प्रदेश नियमन क्षेत्रभित्र रहेको २ वटा सहकारीमा समेत बचत कर्ताको गुनासो आएपछि प्रदेश सहकारी रजिष्टारको उपस्थितीमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा २ वटै सहकारीलाई सुधारको रोडम्याप लिएर प्रदेश सहकारी रजिष्टारको कार्यलयमा उपस्थित हुन भनिएको छ ।

सहकारी शाखाका सुमन पौडेल र बालकुमार पोखरेलले टोलीले बिशेष प्रदेश सहकारी रजिस्टारसँगको समन्वयमा प्रदेश नियम नक्षेत्रका सहकारीमा अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा देखिएका बेरुजु र प्रतिवेदनको आधारमा केहि सहकारी संस्थाको दर्ता खारेजी सम्मको योजना रहेको उपमहानगरका नगरप्रमुख हेम कर्ण पौडेल बताउँछन् ।

कतिपय बचत कर्ता आफूसम्म आएर समेत आफु सहकारीबाट ठगिएको भन्ने गुनासो गरेपछि सहकारी संस्थामा बचत कर्ताको रकम सुरक्षित गर्न अनुगमन तिव्र पारिएको नगरप्रमुख पौडेलले बेष्ट सञ्चारलाई सुनाए ।

उपमहानगरले कतिपय जनप्रतिनिधि तथा कर्मचारी सहकारी संस्थाको सञ्चालक समिति, लेखा समिति लगायतका महत्वपुर्ण पदमा बस्ने गरेको सुचना पाएपछि सहकारीहरुलाई परिपत्र गरेरै सञ्चालक तथा लेखा समिति र ऋण समितिका पदाधिकारीको पछिल्ला तीन कार्यकालको विवरण माग गरेको छ । सहकारी ऐनमा निर्वाचित जनप्रतिनिधि सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा समितिमा बस्न नपाउने व्यवस्था छ ।

अनुगमनमा क्रममा कतिपय सहकारीको अवस्था लथालिंग देखिएको र त्यस्ता सहकारीलाई खारेज गर्ने सम्मको सिफारिस आफुहरुले गरेर पठाउने सहकारी शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.