इटहरी । इटहरीकी ४४ बर्षिया महिलाको हत्या गरेर शव फाल्न लैजादै गर्दा गाउँलेले देखेपछि धरान १७ बस्दै आएका टेक बहादुर दर्जी फन्दामा परेका छन् ।
दर्जीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ४४ वर्षीया यसोदा श्रेष्ठको धरानमा हत्या गरेर शव फाल्न जंगल लैजादै गर्दा गाउँलेले देखेर प्रहरीलाई खबर गरेका थिए ।
महिलाको हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ ।हत्यामा संलग्न रामेछाप घर भइ धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।
दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृतकको शव बिहीबार बिहान परिवारका सदस्यहरू आएपछि मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी यसोदा एकैजोटी जंगलमा भेटिएकी छन् । यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हत्यामा सम्लग्न दर्जीसहित अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।