रामधुनी नगरपालिकामा जग्गाको मुल्यांकन कट्ठाको १ करोड २० लाख सम्म

प्रकाश बन्जारा ।

इटहरी । रामधुनी नगरपालिकाको नगरसभाले आर्थिक ऐन मार्फत मुल सडकका जग्गाको मुल्यांकन कट्ठाको १ करोड २० लाख सम्म पुर्याएको छ ।

शहरी, आवास, कृषि तथा औद्योगिक क्षेत्रमा छुट्टा छुट्टै मुल्यांकन गर्दै नगरसभाले आर्थिक ऐन मार्फत फरक फरक जग्गाको फरक फरक मुल्यांकन पारित गरेको हो ।

जस अनुसार लगना चोक देखि शिव चोक सम्म मुल सडकका जग्गाको सरकारी मुल्यांकन कट्ठाको १ करोड २० लाख तोकिएको छ ।
लोक मार्गले छोएको सडक कालोपत्र एपेक्स कापी पसलदेखि पुर्व इटहरीको सिमाना सम्मका जग्गाको मुल्यांकन कट्ठाको ४० लाख तोकिएको छ ।

यता इन्टर लक गरिएको रामधुनी नगरपालिका वडा नम्बर १ का जग्गाको मुल्यांकन कट्ठाको ३५ लाख तोकिएको छ भने बिजुली अफिस दक्षिण ओम शान्ति टोलका बाटा हरुको मुल्यांकन कट्ठाको ३२ लाख तोकिएको छ ।ती जग्गा ग्राभेल तथा पक्की नाला भएका छन् भने कति एजिगंमात्रै भएका छन् ।

यता वडा नम्बर १ को कार्यलय पश्चिम इन्टर लक भएको राजमार्गसँग जोडिएको जग्गाको मुल्यांकन भने कट्ठाको ५० लाख छ ।
आवास क्षेत्रमा परेका रामधुनी १ का जग्गाको मुल्यांकन न्युनतम १० लाख प्रतिकठ्ठा छन् भने बाटोले छोएका कृषि क्षेत्रमा परेका जग्गाको न्युनतम मुल्यांकन कट्ठाको ८ लाख रुपैँया र कृषि बाटोले नछोएका कृषि जग्गा डुमरिया र सैनीमैनी खण्डको जग्गाको मुल्यांकन कट्ठाको न्युनतम २ लाख रुपैँया तोकिएको छ ।

यता सडक पुगेका बजार एरिया आवास क्षेत्रका जग्गाको मुल्यांकन कट्ठाको १८ लाख सम्म छ भने वडा नम्बर २ का आवास क्षेत्रका कालोपत्र सडकले छोएको शंकर पुर नहरदेखि शिव मन्दिर सम्मको जग्गाको मुल्यांकन कट्ठाको २० लाख पुर्याइएको छ भने औद्योगिक क्षेत्रमा परेको कालोपत्र भएको लोकमार्ग कृषि तालीम केन्द्र देखि एभरेस्ट प्लाई फ्याक्ट्री सम्मको जग्गाको मुल्यांकन कट्ठाको ३७ लाख ५० हजार तोकिएको छ ।

यता ३० फिट कालोपत्र भएको वडा नम्बर २ को आवास क्षेत्रको जग्गाको मुल्यांकन कट्ठाको २० लाख रुपैँया बनाइएको छ भने हाइवे छोएका कालोपत्रे तथा ग्राभेल वडा नम्बर २ का जग्गाको मुल्यांकन कट्ठाको १८ लाख देखि २० लाख सम् तोकिएको छ ।

वडा नम्बर २ का आवास क्षेत्रमा परेका धेरै जग्गाको मुल्यांकन कट्ठाको १२ देखि १५ लाख सम् तोकिएको छन् । कुम्याईका केहि आवास क्षेत्र भित्रका जग्गाको मुल्यांकन कट्ठाको ५ लाख तोकिएका छन् भने रामधुनी २ को रामधुनी मन्दिर देखि पुर्व झरना खोला र अमाहा खोलाको जग्गालाई भने वन क्षेत्रमा राखिएको छ ।

साविक सिंगिया ८ हालको रामधुनी २ का कालिझोडा क्षेत्रका जग्गाको मुल्यांकन कट्ठाको ३ लाख देखि ५ लाख सम्म छ भने वडा नम्बर २ को कृषि क्षेत्रमा परेका जग्गाको मुल्यांकन कट्ठाको २ लाख तोकिएको छ ।
क्रमश ः

1 Comment

  • स्थानीय सरकार लाई अधिकार सम्पन्न बनाएपछि झनै नागरिक हरु चुसिए।जग्गा मा सरकारले मात्रै भाउ वृद्धि गरेको छ,तर किनबेच मा भने सरकारि मुल्यांकन जति पनि छैन चलन चल्तिमा भैरहेको छैन ,यो अार्थिक मन्दि तथा देशका नागरिक काे अाएश्राेत चाहिँ ठप्प छ,शून्य छ,तर सरकारि कर बृद्धिचाहि अाकासिएयाे,कसरी जनता ले भाेलि किनबेच गर्ने तथा सरकारि कर मालपोत बुझाउने ? के गणतन्त्रको पर्णालि मा नेपाली नागरिक हरु ले यो देशमा गरिखाने तथा बसाेबास गर्ने अधिकार बाट बन्चित गर्ने सबै सरकार काे रणनीति हाे ? यही सरकार रबैया,सरकारि अत्याचार दमन कायम रहने हाे भने जनता षडकमा उत्रनुकाे बिकल्प छैन ।दाेस्राे कर मिनाहा काे लागि सबै नागरिक एक हाै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.