इटहरी । बिद्युत लाईनमा हुक लगाएर खेतमा पानी पटाउने क्रममा करेन्ट लाग्दा रामधुनी नगरपालिका वडा नम्बर ९ डुम्राहा मा एक जनाको ज्यान गएको छ ।
बिदेशमा रहेका खेत धनीले मेरो खेतमा पानी लगाइदिनु भनेकै कारण जग्गा धनीका बुवासँगै पानी पटाउन गएका १९ बर्षिया निरज चौधरीको करेन्ट लागेर मृत्यु भएपछि उनका परिवारको बिचल्ली भएको छ ।
निरजका परिवारले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीको बिजुली प्रयोग गरी पानी पटाउँना आफ्नो छोराको भवितव्य दुर्घटनामा परी मृत्यु भएको भन्दै आवश्यक कानुनी कारवाही अगाडी बढाइदिन अनुरोध गरेका छन् ।
डुम्राहा को सुकुम्बासी बस्तीमा बसोबास गर्ने घरको एक्लो छोरा निरजको मृत्यु पछि उनकी आमा संकरवती चौधरी बिछिप्त अवस्थामा छिन् भने बुबा भुप नारायण चौधरीको अवस्था समेत नाजुक छ ।
गत साउन १७ गते राती करिव ११ बजे निरज सहित ४ जना खेतमा पानी पटाउन गएका भएपनि करेन्ट लाग्ना साथ अन्य ३ जना निरजलाई छाडेर यत्रतत्र भागेका थिए । रातीनै उपचारको लागि हस्पिटल लगिएपनि निरजलाई हस्पिटलले मृत घोषित गरी घर पठाएको थियो ।
आफुहरु संगै पानी पटाउन गएको र काम सकिनै लाग्दा निरजलाई करेन्ट लागेको र बोरिङ भए नजिकै ढलेको खर्ग नारायण चौधरीले सुनाए ।खर्ग नारायणका अनुसार खेत धनीले उनिहरुलाई पानी पटाउन लगाएका थिए तर खेत धनी बिलटी थरुनीले भने आफुहरुले पानी पटाउन नलगाएको बताएकी छन् ।
पत्रकारहरुसँग बोल्दै जग्गा धनी परिवारले आफुहरुले कामदारलाई राती खाना लगिदिएको स्वीकार गरेका छन् ।एकातिर पानी पटाउन नलगाएको र अर्कोतर्फ कामदारलाई राती खानाको व्यवस्था भने गरेको घटनाले पनि उनीहरुले भवितव्य दुर्घटनाका कारण भएको घटनामा आफुहरु संलग्न नरहेको भन्ने आशय देखाएका छन् ।
कसरी भएको थियो घटना
गत साउन १७ गते जग्गा धनीको आग्रहमा मृतक निरज चौधरी सहित जग्गाधनीकी बुहारी चन्द्रलेखा चौधरीका बुवा दिलिप चौधरी, खर्ग नारायण चौधरी र भजन सदा खेतमा पानी पटाउन गएका थिए ।

बोरिङ राखिएको भएता पनि त्यहाँ बिजुलीको लाइनमा हुक लगाएर ल्याउनु पर्ने अवस्था थियो । उनीहरुले हुक लगाएर मोटर जडान गरे र पानी पटाए । अन्त्यमा मोटर बन्द गर्ने बेला निरज बोरिङ भए नजिकै पुगेका थिए । त्यति नै बेला करेन्ट लागेर उनि घोप्टो परेर ढले ।
प्रहरीको पहिलो रिपोर्टले भन्छ चर्पी जाने क्रममा नागो तारमा टेकेर मृत्यु
निरजको मृत्यु चर्पी जाने क्रममा नागो तारका टेकेर करेन्ट लाग्दा भएको प्रहरीको प्रारम्भिक रिपोर्टले बताएको छ । प्रदेश प्रहरी कार्यलय कोशीको रिपोर्टले निरजको मृत्यु चर्पी जाने क्रममा करेन्ट लाग्दा भएको बताएको हो ।
के भन्छन् वडा अध्यक्ष र मुचुल्का उठाउन पुगेका प्रहरी सहायक निरिक्षक
घटना भएको राती नै डुम्राहा मा रहेको प्रहरी चौकीमा खवर भएपनि भोलि पल्ट मात्रै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक रमेश कार्की, रामधुनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी र स्थानीय प्रहरी चौकीका इन्चार्ज असई घटना स्थल पुगेका थिए ।
घटनाको प्रकृति हेर्दा बोरिङ नजिकैको खेतमा मान्छे लडेजस्तो डोब देखिएको र स्थानीयले बताए अनुसार पनि घटना राती करेन्ट लागेर भएको भन्ने जानकारी आएको सई रमेश कार्कीले बेष्ट सञ्चारलाई सुनाए । हुक लगाएर बिजुली चोरी गरी करेन्ट लागेको भन्ने सुनिएपनि आफुहरुले हुक लगाएको नभेटेको कार्कीको भनाई छ । घटना खेतमा करेन्ट लागेरै भएको प्रमाणित भएपनि थप अनुसन्धान भने भइनै रहेको प्रहरी बताउँछ ।
यता रामधुनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी समेत घटना करेन्ट लागेर भएको र आफु समाजको भेलामा समेत सहभागि भएको बताउँछन् ।
कसले अह्राएको पानी पटाउन किन गएको भन्ने बारे सामाजिक घटना भएकाले अझै मिलाउन कठिन भएको चौधरीको भनाई छ । वडाअध्यक्ष सहितको भेलाले मृतक परिवार गरिव भएकै कारण पनि उनिहरुलाई सपोर्ट गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको बताएको छ ।
यस्तो छ मृतक परिवारले न्यायको लागि गरेको अपिल