रामधुनी माविको ५१ औँ बार्षिक उत्सव सम्पन्न

झुम्का । रामधुनी ४ मा अवस्थित रामधुनी माविको ५१ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै बुधबार सम्पन्न गरिएको छ ।

विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा यहि माघ १४ गते देखि १६ गते सम्म भएको खेलकुद प्रतियोगिताको पुरस्कार वितरण, त्रिभुवन बहादुर दुर्गा देवी बस्नेत अक्षयकोष छात्रवृत्ति पुरस्कार जस्ता पुरस्कार प्रदान गर्दै ५१ ओैँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा निवर्तमान प्रधानाध्यापक पुर्ण लाल चौधरीले २०५१ देखि रामधुनी माविमा अध्यापन गर्दै २०७७ सालमा सेवा निवृत्त भइ अवकास हुनु भएपनि औपचारिक रुपमा भने बुधबार यसै कार्यक्रमका वीच विदाई गरिएको छ ।

कार्यक्रममा बोल्दै रामधुनी ४ का वडा अध्यक्ष कमल कार्कीले विद्यालय सुधार्न अभिभावक, शिक्षक, विद्यार्थी सबैको भुमिका महत्वपुर्ण हुनुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अधिति तथा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले सामुदायिक विद्यालय सुधार्न अब नयाँ रणनीति बनाएर अधि बढ्ने बताइन ।

केहिदिन अघि छिमेकी पालिका वराहक्षेत्र नगरपालिका र इटहरी नपाले ल्याएको शिक्षा नितिलाइ रामधुनीले पनि केही शिक्षाविद संग छलफल गरेर नया नीति लागू गर्ने उपप्रमुख थापाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.