बराहा क्षेत्र १० का वडाअध्यक्षले बाँडे आफ्नो तलव भत्ताबाट विद्यार्थीलाई न्यानो कपडा

रामधुनी । बराहा क्षेत्र १० का वडाअध्यक्ष तेज बहादुर गुरुगंले आफुले पाएको तलव र भत्ता चिसोमा कठ्याङ्ग्रिएका बालबालिकाका लागि खर्च गरेका छन् ।

बराहा क्षेत्र १० को श्री प्रकाश सुनिल आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई वडाअध्यक्षले न्यानो कपडा वितरण गरेका हुन ।

पछिल्लो समय चिसो बढेसंगै बालबालिका,वृद्ध तथा अति अशक्त मानिसको दिन कष्टकर बन्दै गएको अवस्थामा वडाअध्यक्ष गुरुगंले आधारभुत विद्यालयका ८४ मध्ये ६४ जनालाई न्यानो कपडा वितरण गरेका हुन ।

बिहिवार कठ्यारिंदो चिसोका अर्ध शरीर कपडा अनि खालि खुट्टा आफ्नो भविष्यको खोजिमा वराहक्षेत्र १० को श्री प्रकाश सुनिल आधारभूत विद्यालय पुगेका बालविकास देखि कक्षा ५ सम्मका ८४ मध्ये ६४ जनाले न्यानोपनको महसुस गर्न पाएको विद्यालयले बताएको छ ।

आफू वडा अध्यक्ष नहुँदै देखि समाजिक कार्य गर्दै आएको र वडा अध्यक्ष भएपछि थाप जिम्मेवारी बडेको हुनाले आफुले यस्ता कार्य गर्दै आएको अध्यक्ष गुरुङले बेस्ट सञ्चारलाई बताए ।

विद्यालयमा ८४ जना विद्यार्थी छन तर ६४ जनाको मात्रै उपस्थित भएले ६४ जनालाई वितरण गरिएको हो र बाँकी २० जना विद्यार्थीलाई पनि न्यानो कपडा वितरन गर्ने अध्यक्ष गुरुङले बताए ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उमेरद्वार भएर निर्वाचित गुरुङले समाजमा भएका अन्य जिम्मेवार मानिसहरुले पनि यस्ता सामाजिक कार्यमा लग्नुपर्ने बताउँछन् । वराहक्षेत्र ११ का सदा वस्तीमा पनि केहिदिन पछि ८० देखि ९० घर परिवारका वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरन गर्ने आफ्नो योजना रहेको गुरुगंको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.