चिसो बढेपछि इटहरी र रामधुनीका विद्यालयमा ३ दिन विदा

इटहरी । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेका छन ।

मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन नगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेका हुन । यस अघि विराटनगर महानगरपालिकाले पनि शितलहरको कारण देखाउँदै माघ ३ गतेदेखि ६ गतेसम्म विदा दिने निर्णय गरेको थियो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको नगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । मंगलबार दिउँसो विराटनगरको तापक्रम ९ डिग्री हाराहारीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.