इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ५ की जिविका दाहाल त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको चार बर्षे विबिएस चौथो बर्षको परीक्षामा नेपाल भरीकै टपर मध्येकी एक सावित भएकी छन् ।
सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसबाट व्यवस्थापन अध्ययन गर्दै रहेकी जिविकाले कक्षा झुम्काको युनिक एकेडेमीमा अध्ययन गर्दा समेत एसईई र कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएर आफुलाई अव्वल सावित गरेकी थिइन ।
व्यवस्थापनबाट स्नातक अध्ययन गरेकी जिविकाले स्नातकको चौथो बर्षमा ८३.२ अंक ल्याएकी हुन ।
क्याम्पसले हाल सम्म कुनै औपचारिक जानकारी नदिएको भएता पनि सामाजिक सञ्चार रुटिगं अफ नेपाल बन्दले भने उनलाई टपर मध्येकी एक भनेर सार्वजनिक गरेको छ ।
नेपालकै टप भनेर जिविकाको नाम दावी गरिएपनि शिक्षा नामको फेसबुक पेजले मोरङको पथरीकी बिना घिमिरेले ८५.८ अंक ल्याएको पोस्ट सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको थियो । यद्यपि जिविकाले प्राप्त गरेको अंक नेपाल टपर मध्येको एक भएको तथ्य प्राप्त भएको छ ।