रामधुनी प्याब्सनको लोक नृत्य प्रतियोगिताको उपाधि नवकिरण र आरम्भलाई

इटहरी । रामधुनी नगरप्याब्सनको आयोजनामा आइतबार भएको लोकनृत्य प्रतियोगिताको उपाधि रामधुनी ५ को नवकिरण इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

नगर भरी रहेका निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीबीच भएको प्रतियोगितामा नगरभरीका ९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

रामधुनी प्याब्सनको प्रतिनिधित्व गर्दै जिल्ला प्याब्सनबाट आयोजना हुने प्रतियोगितामा जाने प्रतियोगिताको द्धितीय स्थान पिंक लोटस इंग्लिस स्कुलले हात पारेको छ भने तृतीय स्थानमा माउन्ट समिट वल्ड स्कुल आएको छ ।

नगर स्तरिय प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यालय जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन सक्ने रामधुनी प्याब्सनका अध्यक्ष अच्युत ढकालले बताए ।

राष्ट्रिय गीतमा जुनियर तर्फ भएको नृत्य प्रतियोगिताको उपाधि रामधुनी ५ को आरम्भ विद्या मन्दिरले हात पारेको छ । जुनियर तर्फको द्धितीय स्थान नवकिरण इंग्लिस स्कुलले ल्याएको छ भने तेस्रो स्थान नाइटिंगेल एकेडेमीले जित्न सफल भएको छ ।

प्राथमिक तहका विद्यार्थीबीच राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता गराइएको र सिनियर विद्यार्थीलाई प्याब्सन स्तरिय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको छनोट स्वरुप प्रतियोगिताको आयोजना गरिएको प्याब्सन रामधुनीका सचिव हरि रायमाझीले बताए ।

रामधुनी ५ को आरम्भ विद्या मन्दिरको प्रांगणमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले गरेका थिए भने कार्यक्रममा निष्पक्षताको लागि कोडको आधारमा नृत्य प्रस्तुती गरिएको थियो । २ जनाको निर्णायक प्यानलले दिएको नम्बरको आधारमा प्रथम, द्धितीय र तृतीय छुट्टाइएको थियो ।

कार्यक्रमको संयोजन नव किरण इंग्लिस स्कुलका प्रिन्सिपल इश्वर पौडेलले गरेका थिए भने सभापतित्व प्याब्सन रामधुनीका अध्यक्ष एंव माउन्ट समिट वल्र्ड स्कुलका प्रबन्ध निर्देशक अच्युत ढकालले गरेका थिए ।कार्यक्रमको सञ्चालन प्याब्सन रामधुनीका सचिव हरी रायमाझीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.