झुम्का जेसिजको वक्तृत्वकलामा पन्चायन विद्या मन्दिरको जित, युनिक र आरम्भले पाए दोस्रो र तेस्रो पुरस्कार

इटहरी । झुम्का जेसिजले जेसिज सप्ताह अन्तर्गत आयोजना गरेको माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगितामा पन्चायन विद्या मन्दिरकी एलिसा मगर प्रथम बनेकी छन् ।

रामधुनी नगरक्षेत्रका ८ वटा विद्यालयका बालबालिकाको सहभागितामा भएको नगरस्तरीय प्रतियोगितामा ७ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै एलिसाले जित निकालेकी हुन ।

यसैगरी दोस्रो स्थान रामधुनी ५ को युनिक एकेडेमीकी छात्रा इच्छा ढकालले लिइन भने तेस्रो स्थान रामधुनी ५ को आरम्भ विद्या मन्दिरकी छात्रा स्मृती कोइरालाले पाइन ।

बालबालिकाको व्यक्तित्व विकास र निर्धक्कसँग बोल्न सक्ने क्षमताको विकास गर्न वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको आयोजक झुम्का जेसिसले बताएको छ ।

विजयी हरुलाई जेसिज सप्ताह समापन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी तथा झुम्का जेसिजकी अध्यक्ष कमला कार्की थापा साथै जेसिहरुले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.