झुम्का । रामधुनी ५ मा रहेको आरम्भ विद्या मन्दिरले आफ्नो दशौँ बार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामसँग सम्पन्न् गरेको छ ।
आइतबार विद्यालयको प्रागढमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्यावसनका थानेश्वर ढकाल , रामधुनी नगरप्यावसनका अध्यक्ष अच्युत ढकाल लगायतका अतिथीहरुको उपस्थितीमा विभिन्न् सांगीतिक प्रस्तुतीका साथै फुड फेस्विल र अभिभावक दिवसको आयोजना गरेको हो ।
विद्यालयका प्रद्यानाध्यापक विमल बरालको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले संगीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई कितावि ज्ञानमात्रै नभएर व्यवहारिक ज्ञान दिन आफुहरु अग्रसर भएर लागि परेको विद्यालयका एकेडेमिक डाइरेक्टर हरी रायमाझि बताउँछन् ।
नानीबाबुले लिइरहेको शिक्षा र विद्यालयको अवस्थाको ज्ञान अभिभावकलाई समेत हुनुपर्ने भएकाले अभिभावकलाई एकैठाउँमा भेला गर्ने हेतुले समेत फुड फेस्टिवल र अभिभावक दिवसको आयोजना गरिएको कार्यक्रमका सभापति विमल बरालले बताए ।
अभिभावक दिवसको कार्यक्रमलाई विद्यालयका शिक्षिकाहरुको सामुहिक नृत्यले झनै रोचक बनाएको थियो । कार्यक्रममा प्रमुख अतिथी , विशिष्ट अथिती साथै पन्चायन विद्या मन्दिरका प्रिन्सिपल दिपेन्द्र विष्टले आफ्नो मन्तव्य राखेका थिए ।