इटहरी । हिसान स्कुल इटहरीको आयोजनामा भएको विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधि रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुल र इटहरीको विश्व आदर्श स्कुलले हात पारेका छन् ।
हिसान सुनसरी अन्तर्गत हिसानमा आवद्ध विद्यालयहरूका विद्यार्थीहरु बिच भएको सामुहिक लोक नृत्य प्रतियोगिताको सिनियर र जुनियर तर्फको उपाधि जुनियर तर्फ विश्व आदर्श र सिनियर तर्फ लर्ड बुद्धले आफ्नो पोल्टामा पार्न सपल भएका हुन ।
रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुलमा बिहिबार भएको लोक नृत्य प्रतियोगितामा विद्यार्थीहरुले बिभिन्न जात जाति तथा समुदायका आफ्नो भाषा र पारामा प्रस्तुत हुने लोक नृत्य प्रस्तुत गरेका थिए । सिनियर र जुनियर दुवै तर्फ ९ नौ वटा विद्यालयले सहभागिता जनाएकोमा सिनियर तर्फको द्धितीय स्थान समेत विश्व आदर्श स्कुल र तृतीय स्थान पूर्वाञ्चल स्कुलले हात पारेको छ ।
यता जुनियर तर्फको द्धितीय स्थान लर्डबुद्ध इन्टरनेशनले ओगट्न सफल भएको छ भने तृतीय स्थान इटहरीको सुस्मा गोदावरी स्कुलले ओगटेको छ ।
हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, हिसान कोशी प्रदेशका उपाध्यक्ष गणेश दुलाल, हिसान केन्द्रिय सदस्य मुकुन्द घिमिरे लगायतको उपस्थितीमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपका रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको उपस्थिती रहेको थियो ।
कार्यक्रम लर्डबुद्ध इन्टरनेशनल स्कुलका प्राचार्य अर्जुन प्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो ।