झुम्का । स्थानीय सरकार सञ्चालन ऐन विपरित कर्मचारी भर्ति नरोकिँदा सुनसरीको रामधुनी नगरपालिकामा यस बर्ष पनि ऐन विपरित १ करोड २१ लाख ४० हजार ५३१ रुपैँया अनियमतता देखिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुरुप नगरप्रहरी, सवारी चालक, बगैँचे, प्लम्बर लगायतका पद र सेवा बाहेकका पदमा करार कर्मचारी राख्न पाइदैन । यद्यपि रामधुनी नगरपालिकामा भने ७६ जना करार र २८ जना ज्यालादारी कर्मचारी कार्यरत छन् जसको तलव वापत पालिकाले करार कर्मचारीको लागि एक बर्षमा १ करोड २३ लाख ९४ हजार ६८१ खर्च गरेको छ भने गत आर्थिक बर्षमा दैनिक ज्यालादारी कर्मचारीको लागि मात्रै ८७ लाख १२ हजार ९६० रुपैँया तलवभत्ता दिएको छ । जुन स्थानीय सरकार सञ्चालन एैन अनुरुप अनियमित हो ।
ऐनले दिएको व्यापस्था अनुरुप लोकसेवा आयोगबाट र्कचारी माग गरी रित्त पद पुर्ति गर्नुपर्नेमा पार्टीगत भागवण्डामा जागिर खाएका कर्मचारीलाई नगरपालिकाले फाल्न सकेको छैन ।
करारमा कार्यरत कर्मचारीको म्याद थप्ने विषयमा विगतमा विवाद रहेपनि नगरले ठोस निर्णय गर्न नसक्दा कर्मचारीको जागिर थमौती भइरहेको छ । रामधुनी स्थानीय सरकारमा जयप्रकाश चौधरी मेयर रहेका बेला पालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेका ओमकार प्रसाद न्यौपानेले करारमा रहेका कर्मचारीको म्याद थप नगर्ने अडान लिएपछि नगरपािलकाले कमल बहादुर थापालाई प्रशासकिय अधिकृतमा ल्याएको थियो ।