इटहरी ।
इटहरीको जनकल्याणकारि बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा शुक्रबार इटहरीमा सम्पन्न भएको छ।
संस्थाका संचालक सेयर सदस्यसहितको भब्य उपस्थितिमा इटहरी ४ स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा सम्पन्न भएको साधारण सभाले गत आर्थिक बर्षको हिसाब पारित गर्नुका साथै चालु आर्थिक बर्षको कार्ययोजना समेत अनुमोदन गरेको छ ।
इटहरी उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख बाल कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख अतिथि पोख्रेलले सहकारीको अवस्था नराम्रो हुँदा हुदै पनि जनकल्याणकारि को अवस्था भने राम्रो रहेको बताए ।
संस्थाका अध्यक्ष जगतनाथ फुयालले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक बर्षमा ३ करोड ६ लाख ६७ हजार निक्षेप संकलन गरि ३ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबर कर्जा प्रवाह गरेको बताए ।
जन कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले साधारणसभाकै अवसर पारेर सन्थाका उत्कृष्ट कर्मचारी र उत्कृष्ट ऋणी सेयर सदस्यलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको थियोे ।
संस्थाका सचिब रन कुमार दाहालले स्वागत गरेको साधारणसभालाई उपाध्यक्ष लक्ष्मी कुमारी थेवेले सन्चालन गरेकी थिइन । कार्यक्रममा सहकारीका बरिष्ठ सल्लाहकार मनोज कार्की , लेखा संयोजक निलम चौलागाईं लगायतको उपस्थिति थियो ।