दुबई, यूएई । नेपाली राजदुतावास युएइको संरक्षकत्वमा सयुक्त अरव ईमिरेट्स युएईमा यहि अप्रिल २० तारिख हुने नेपाल फेस्टिवल २०२५ मा ई सेवा मनि टान्सफरको समेत स्टल रहने भएको छ ।
नेपाल फेस्टिभल २०२५ “नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव” नाम दिइएको उक्त फेस्टिवलमा आफ्ना ग्राहकलाई ईसेवाको सम्पुर्ण जानकारी दिने उदेश्यले स्टल राख्न लागिएको ईसेवा मनि ट्रान्सफरका रिलेसनसिप म्यानेजर इश्वर अधिकारीले बताएका छन् ।स्टलमा सहभागी सम्पूर्ण प्रवासी नेपालीहरूले ईसेवा मनि टान्सफर सम्बन्धी सम्पूर्ण जानकारी, दर्ता र सेवाहरूको विवरण प्राप्त गर्न सक्ने बताइएको छ ।
ईसेवा मनिट्रान्सफरका ग्राहकहरुले रेमिटेन्स विवरण देखाउँदै विशेष पुरस्कारहरू प्राप्त गर्ने मौका समेत पाउनेछन्। यसबाट, कम्पनी ले नेपाली समुदायलाई सहयोग पुर्याउने, गैह्र आवासिय नेपाली संघको पहललाई समर्थन गर्ने र यूएईस्थित नेपाल दूतावासप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्य राखेको बताइएको छ ।
नेपाल फेस्टिभल २०२५, जुन २० अप्रिल २०२५ मा दुबईको क्रिक पार्कमा आयोजना हुँदैछ, नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेश्यले आयोजना गर्न लागिएको यस्तो खालको पहिलो कार्यक्रम समेत हो । यस उत्सवमा ५० भन्दा बढी व्यापारिक स्टलहरू, सांगीतिक प्रस्तुति, राष्ट्रिय खेलकुद प्रतियोगिता र नेपाली स्वादका परिकारहरू प्रस्तुत हुने आयोजकले बताएका छन् ।