योगदान राष्ट्रका लागि अभियानद्वारा दुवईमा वित्तीय चेतना सहित भव्य कार्यक्रम, बैधानिक रेमिट्यान्स गर्ने २ सम्मानित

प्रकाश बन्जरा । युएई ।

योगदान राष्ट्रका लागि अभियानले आइतबार सयुक्त अरव इमिरेट्स युएईको दुवईमा प्राथमिक उपचार, वित्तीय सचेतना सहित नेपाली दुतावासको उपस्थितीमा भव्य चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

नायक निखिल उप्रेती तथा रमेश उप्रेती समेतको उपस्थितीमा गरिएको कार्यक्रममा मोटिभेसनल कार्यक्रममा नायकद्धयको प्रस्तुतिलाई रोचक रुपमा हेरिएको थियो भने कार्यक्रमको मुख्य आकर्षण नै उनीहरु रहेका थिए । कार्यक्रममा युएईको सरकारका प्रतिनिधि सहित युएईका लागि नेपाली राजदूतावासबाट राजदुत सहितको उपस्थिती रहेको थियो ।

अलकुज, सोनापुर लगायत दुवईको नेपाली कामदारको घना वस्ति क्षेत्रबाट समेत कार्यक्रममा सहभागि हुन नेपालीहरु आएका थिए । बरदुवईको व्लु प्यालेस रेष्टुरेन्टको हलमा खचाखच भरिएका सहभागीलाई नेपाली राजदूतावासका श्रम काउन्सिलर दिन बन्धु सुवेदीले श्रम गरेर रोजगारीमा आउँदाको फाइदाको बारेमा जानकारी गराउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन युएईमा रहेका नेपालीलाई आव्हान गरे भने कोषमा आवद्ध हुँदा हुने फाइदाको बारेमा समेत बताएका थिए ।

यसैगरी कार्यक्रममा दूताबासको तर्फबाट समेत बैद्यानिक तवरमा रेमिट्यान्स गर्न आव्हान गरिएको थियो । कार्यक्रमको मोटिभनै जनचेतना भएकाले समेत राष्ट्रका लागि अभियानका अध्यक्ष ओम उप्रेतीले आपतकालिन अवस्थामा प्राथमिक उपचार कसरी दिन सकिन्छ भन्ने प्रस्तुती दिए भने नायक रमेश उप्रेतीले बैद्यानिक रेमिट्यान्सको बारेमा आफ्नौ प्रस्तुती दिएका थिए ।

यसैगरी कार्यक्रममा बैद्यानिक रेमिट्यान्स लाई बढावा दिने उदेश्यले लगातार ९ महिना सम्म बैद्यानिक तवरबाट रेमिट्यान्स गर्ने २ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममो अन्तिम सत्रमा आयोजकले २ मिनेटको समय दिँदै बर्षमा ९ महिना लगातार रेमिट्यान्स गर्ने २ जनालाई हात उठाउन भनेकोमा दान बहादुर विसी र नवराज पाण्डे फुले बुढाले आफ्नो दावी प्रस्तुत गरेका थिए । उनिहरुलाई आयोजकले सम्मान पत्र सहित सम्मान गरेको थियो

४ सयमाथिको सहभागितामा भएको कार्यक्रम सफल भएको भन्दै कार्यक्रम संयोजक दिवस चापागाईले राष्ट्रका लागि अभियानको अर्को भव्य जनचेतना मुलक कार्यक्रम आगामी अक्टोबरको ६ तारिख दुवईको अलकुजमा आयोजना गर्ने तयारी गरिरहेको बताएका छन् ।

संस्थाले राष्ट्रको लागि हरेक नेपालीले के योगदान गर्न सकिन्छ भन्नुका साथै आपतकालिन प्राथमिक उपचार, वित्तीय जनचेतना तथा वैद्यानिक रेमिट्यान्स लाई प्रचार गर्ने काम गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.