राजन भट्टराई । झुम्का ।
नेपालमा रहेका बहुसंख्यक जनताको मुख्य पेसा भनेको नै कृषि हो । जसमा कृषिले अर्थतन्त्र र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई समष्टि रूपमा हेर्ने हो भने देशको लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेसामा संलग्न भइरहँदा सुनसरीको रामधुनी नगरपालिकामा भने कृषकको अवस्था दयनीय बन्दै गएको छ ।
विगत ३ वर्ष देखि संचालनमा आएको रामधुनी ४ इक्राइको आशा कृषि फर्ममा अहिले १ सय ५० बाख्रा र १३ गाई छन । यो फर्म रामधुनीका डिल्ली कार्किको हो । बाल्यकालमा रामधुनी जंगलमा ५०र ६० वटा गाई गोठालो गरेका उनि झुम्कामा अस्तित्वमा रहेका थेरै सामाजिक संघ संस्थाका जन्मदाता पनि हुन । पछिल्लो समयमा उनलाई पुर्खादेखि आफ्नो बाल्यकाल सम्म गरेको पेशाले तानेर आधुनिक व्यावसायिकतामा ल्याइ पुर्यायो । अहिले कार्किको दिनचर्या यहि फर्ममा वित्ने गरेको छ । विहान करिव ४ बजे देखि सुरु गरेको काम राति १२ बजे सकिने कार्की बताउछन । उनले आफ्नै बारीमा फर्म निर्माण गरेर व्यावसाय सुरु गरेपनि पछिल्लो समय केहि निरास देखिन्छ ।
रामधुनी नगरपालिकामा ८५ प्रतिशत किसान छन, तर स्थानिय सरकारले चासो नदिदा सामान्य आर्थिक अवस्था भएको मानिसले व्यावसाय संचालन गर्न नसक्ने अवस्था सिर्जना भएको कार्किको बुझाइ छ । व्यावसाय सुरु गर्न करिव एक करोड लगानी लाउनु पर्ने र व्यावसायिक पशु पालन बाट ३ देखि ५ बर्ष सम्म आम्दानी लिन नसकिने हुदा बैंक बाट ऋण लिनु पर्छ, बैंकले ४ प्रतिशत भनेर दिएको ऋणका १४ प्रतिशत सम्म व्याज लिन्छ, ऋण लिएको महिना दिन देखि किस्ता तिर्नु पर्ने हुदा किसान उल्टो मारमा परेको कार्किको भनाई छ । स्थानिय तहले किसानलाई सामान्य प्रविधिक पनि उपलब्ध गराउन नसकेको कार्कीले आरोप लगाए ।
नेपाल सरकारले ७५ प्रतिशत अनुदानमा संचालित विमा कार्यक्रम बिमा कम्पनि पोस्ने योजना रहेको कार्कीले आरोप लगाए । ूमैले फर्म संचालनमा ल्याए देखिनै विमा गर्दै आएपनि करिव १ बर्ष अघि १५ वटा बाख्रा मरे मैले प्रत्येक सिफारिसको वडा कार्यालयमा सात सय तिरेर सिफारिस लिएर बिमा कम्पनीमा पेस गरे, ३ वटा बाख्राको पैसा आयो १२ वटाको आएन । ू कार्कीले भने ।
उता रामधुनी ७ का बंगुर पालन किसान रमेश राईका पनि पेशा संकटमा परेको बताउछन । बैदेशिक रोजगार बाट फर्किएर घरमा परापूर्वकाल देखि पाल्दै आएको बंगुरलाई व्यावसाय फर्म संचालन गर्ने निधो गरेर २०६८ साल देखि करिव ३ लाखको लगानीमा ३ माउ बाट सुरु गरेको व्यवसायले ७२ सालमा आएर चन्द्रमा बंगुर पालन फर्म भयो ।
केहि बर्ष पछि बंगुरको संख्या वडेर ७५ बटा सम्म पुग्यो । चर कठ्ठामा खोर बनाएर व्यावसाय गर्दै आएका राईले अब व्यावसाय सफल भयो भन्ने बेलामा नेपाल देखि भरत, बंगलादेश सम्म निर्यात हुने बंगुर बन्द भयो ।
तेतिखेर सम्ममा नेपालमा धेरै बंगुर पालन किसान भैसकेका थिए । करिव २ लाख बाट सुरु भएको व्यावसायमा बंगुर विक्रि हुन छाडेपछि दैनिक २ लाख भन्दा बडिको दान बंगुर ले खान थाल्यो ।
बंगुर बाहिर निर्यात हुदा मासु करिव प्रतिकिलो पाँच सयका दरले बिक्रि हुने गरेपनि निर्यात ठप्प भएपछि बजारमा मासु प्रतिकिलो २५० मा झर्यो । दाना किनेर बंगुर पाल्न नसेकेपछि रमेशले घरमै बंगुर काटेर मासु बेच्न थाले । अहिले रमेश संग ७ माउ बंगुर छन भने १५ बटा बच्चा छन । उनी सरकारी अनुदानमा नधाएका भने होइनन् तर उनको पहुँच पुगेन । राई भन्छनू स्थानिय तहमा कुनै कार्यक्रम नै छैन संघ र प्रदेशमा हाम्रो पहुँच पुग्दैन रहेछ मैले प्रदेश सरकारको नस्ल सुधार कार्यक्रम थियो धेरै धाए तर नेताले पाए मैले पाइन ।
रामधुनी नगरपालिका पशु सेवा शाखामा गत वर्ष ९१ नीजि, २ सहकारी र १४ सामुहिक गरि जम्मा १ सय ७ वटा कृषि फर्महरु दर्ता भएका थिए । यस बर्ष २ सामुहिक र ५ बटा नीजि फर्म नया दर्ता हुदा जम्मा १ सय १४ कृषि फर्म दर्ता भएको छ । तर कति किसान सक्रिय छन र कति निस्कृय भैसके भन्ने पालिका संग तथ्यांक छैन ।
विगत दुई महिना देखि पशु सेवा शाखामा सामान्य भन्दा सामान्य नाम्ले जुकाको समेत ओषधि छैन । रामधुनी नगरपालिकामा झुम्का, बक्लौरी डुम्राहा र मर्चिया बाट सेवा दिदै आएको छ तर ती कुनै इकाइमा पनि ओषधि छैन ।
यस अर्थिक वर्षमा नगरपालिकाले १० लाख पशु सेवा शाखालाई छुट्याएको थियो । त्यस मध्ये ३ लाख कुकुर बन्ध्याकरण, ३ लाख लम्कि स्किन रोगको भ्याक्सिन, ५० हजारका रेविजको खोप र ३ लाख ५० हजारको ओषधि खरिद गरिएको पशु सेवा शाखाले जनाएको छ । शाखाका अनुसा, ३ लाख ५० हजारको औषधिले ४ महिना सम्म पुगेपनि अहिले ओषधि छैन ।
वार्षिक १५ लाखको ओषधि खरिद गर्ने हो भने शाखाले वितरण गर्दै आएको करिव ३० प्रकारका औषधिले पालिकाभरीलाइ पुग्ने शाखाको भनाई छ । शाखाले भने, पछिल्लो समय ओषधि सकिएपछि टाढा टाढाबाट किसान आउछन हामिले ओषधि दिन नसकेपनि चिसो पानी पिउन दिएर पठाउँदै आएका छौं ।
हाल शाखा बाट दिईने सेवा संघिय र प्रदेश सरकारको ससर्त अनुदान बाट आएको रकम बाट बाख्रा र गाई भैसिलाई लिईने चर्चरे, भ्यागुते, पिपिआर लयायलका जातको खोपका साथै क्रितिम गर्भधानको सिमेन ९ वीर्य ० राख्न प्रयोग हुने नाइट्रोजन र ग्लास खरिद गरि स्थानिय ८ नीजि प्रविधिकलाई दिने गरेको र नगर भरिका किसानले गाई, भैंसी र बाख्रामा क्रितिम गर्भधान गर्दा प्रविधिकलाई यातायात खर्चबापत पाँच सय मात्रमा सेवा दिइरहेको शाखाले जनाएको छ । शाखाबाट दैनिक रुपमा गाई भैंसी बाख्रा बंगुर लगाएतका गोवर जाँच समेत निशुल्क हुने गरेको छ ।
रामधुनी नगरपालिका मातहतमा झुम्का, बक्लौरी, डुम्राहा र मर्चैयामा गरि ४ बटा इकाई छन, यहाँ जम्मा ५ जना प्रविधिक छन । झुम्कामा बाहेक अन्य इकाइमा एक एक जना मात्र प्रविधिक भएकाले सबै प्रविधिकको कार्य क्षेत्र तिकिएको छ । डुम्राहा इकाईले वडा नं। ८ मर्चैयाले वडा नं। ९ बक्लौरी वडा नं। ६ र ७ र झुम्का शाखाले वडा नं। १ दुखि ५ सम्म हेरिरहेको शाखाले जनाएको छ । पालिकाले ईन्धनको व्यवस्था गरेपनि जनशक्ति अभाव र साधन नहुदा समयमै किसानकोमा पुग्न नसकेपनि नीजि प्राविधिक संग समन्वय गरेर भएपनि किसानलाई सेवा दिइरहेको शाखाको भनाई छ ।
स्थानिय सरकारले संघिय सरकार र प्रदेश सरकार बाट आएको कार्यक्रममा स्थानिय सरकारले सहयोग नगरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार सिंह खत्रीले बताए । देश संघीयतामा गएपछि स्थानिय उत्पादन बडाउन स्थानिय सरकारको प्रमुख दायित्व रहने भएपनि सुनसरी जिल्लाका केही पालिका बाहेक अन्य पालिकाले कुनै यो जना नबनाएको प्रमुख खत्रीको भनाई छ । संग र प्रदेश सरकार बाट अनुदानमा आएको खोप समेत किसान सम्म पुर्याउन स्थानिय सरकारले सहयोग गर्दैन प्रमुख खत्रीले भने, गतवर्ष लम्पि स्किनले महामारीकै रुप लियो तर स्थानिय सरकारले खासै चासो देखाएन। हामिले बाह्रै पालिका बाट पशु प्राविधिक बेलाएर आवस्यक खोप दिएर ठुलो महामारीबाट किसानलाई जोगाईयो र यस वर्ष पनि प्रत्येक पालिकालाई ३ हजारका दरले लम्पि स्किन को भ्याक्सिन पठाई सकेका छौं ।
रामधुनी नगरपालिका पूर्वधार र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेकाले कृषिमा कुनै ठोस नीति नबनाएको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले बताए । संघिय सरकार र प्रदेश सरकारबाट आएको कृषि अनुदान कार्यक्रम भन्दा अन्य विसयलाइ हामिले खासै प्राथमिकतामा राखेका छैन । प्रमुख चौधरीले भने, केहि सहकारीले भारत बाट मुर्रा जातका भैंसी ल्याउने यो जना बनाउनु भएको रहेछ त्यस योजनालाई आगामि वर्षको गौरवको योजनामा समेटेर अगाडि बड्ने योजनामा छौं ।