नेपालको पर्यटन प्रवर्दनमा युएईमा रहेका नेपाली व्यावसायीको प्रतिवद्धता

युएई । युएईमा रहेर नेपालको पर्यटनको प्रवर्दन गरिरहेका नेपालीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावनालाई युएईमा प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली राजदुतावास युएईको आयोजनामा हालै अवुधावीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित करिव ५० जना व्यावसायीले युएईको बजारमागको आधारमा काम गर्नेहो भने थुप्रै फाइदा लिन सकिने बताएका थिए ।

कार्यक्रममा उपस्थित युएईमा लामो समयदेखि व्यापार तथा व्यावसाय गर्ने र पर्यटनको प्रवद्धनमा काम गर्ने नेपालीहरुले नेपालको व्यापार , लगानी र पर्यटनको सम्भावना र चुनौतीको बारेमा आफ्ना सुझाव राखेको कार्यक्रममा उपस्थित व्यावसायी राम शरण खतिवडाले बेष्टसञ्चारलाई बताए ।

अन्तक्रिया कार्यक्रममा नेपाली राजदुतावास अवुधावीका मिनिस्टर काउन्सिलर विशाल भट्टराईले नेपाल र युएईबिच व्यापार, लगानी र पर्यटनको क्षेत्रमा नेपाल सरकार र नेपाली दुतावासले सञ्चालन गरेको बिबिध कार्यक्रमको बारेमा प्रस्टाएका थिए ।

कार्यक्रममा बोल्दै युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रील्े सरकारले अवलम्बर गरेका नीति र कार्यक्रमको जानकारी दिँदै नेपालको व्यापा, लगानी र पर्यटनमा प्रचुर सम्भावना रहेको बताउँदै नेपाली व्यावसायीलाई आफ्नो आफ्नो ठाउँबाट नेपालको विकास र समृद्धिको लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रम नेपाली दुताबासका श्रम काउन्सेलर दिनबन्धु सुवेदीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.