बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा खुल्यो लुलु एक्सचेन्ज, नेपालीलाई सहज हुने

प्रकाश बन्जरा । दुवई

युएईमा धेरै नेपालीहरुको बसोबास रहेको एरिया बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको नयाँ शाखा स्थापना भएको छ । बरदुवई क्षेत्रमा ओहोर दोहोर गर्ने थुप्रै आप्रबासिलाई लक्षित गरेर अल गुवाईवा बसपार्कको नजिकै रहेको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको शाखा स्थापना गरेको बताइएको छ ।

विशेषत नेपालीहरुको आवात जावत बढी हुने बर दुवईमा लुलु एक्सचेन्जको शाखा स्थापना हुनु नेपालीहरुको लागि सहज हुने विश्वास लिइएको छ । गर्मीमा शितल ताप्दै सिटी सेन्टर पस्ने नेपालीहरुले सहजै लुलु एक्सचेन्जबाट रेमिट्यान्स गर्न सक्ने बताइएको छ ।

लुलुले नेपाली कस्टमरलाई टार्गेट गरेर नेपाली शाखा अधिकृत सहितको टोली सिन्दगाहाको शाखामा खटाएको छ । सहज रेमिट्यान्सको लागि लुलु मनि एप समेत सञ्चालन गरेको लुलुले सिन्दगाहा सिटी सेन्टरको शाखाबाट रेमिट्यान्स गर्ने नेपालीलाई लक्षित गरेर चाँडै प्रमोशन समेत ल्याउने योजनामा रहेको शाखा प्रबन्धक सन्तोष थापाले बेष्ट सञ्चारलाई बताए ।

सिन्दगाहामा सञ्चालन भएको यो लुलुको १३४ औँ शाखा हो । सो शाखाको उदघाटन हालै लुलु फाइनान्सियल होल्डिङका प्रबन्ध निर्देशक अदिव अहमेदले गरेका थिए । लुलु एक्सचेन्जबाट नेपालका बिभिन्न प्लेटफर्महरू बैँक खाता, व्यक्तिको नाममा र वालेट मा समेत पैसा पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.