झुम्काको साई हस्पिटलमा बुधबार निशुल्क आँखा शिविर, नवदृष्टिको प्राविधिक सहयोग, औषधि समेत निशुल्क उपलव्ध गराइने

इटहरी । रामधुनी १ मा रहेको साई हस्पिटल प्रालिले मंसिर २७ गते बुधबार निशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ ।

इटहरीको नव दृष्टि आँखा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको साई हस्पिटलले बताएको छ ।

शिविरमा आउने विरामीहरूका लागि निशुल्क जाँच गरिनुका साथै निशुल्क चस्मा समेत जाँच गरिने बताइएको छ ।

मोतियाविन्दु भएका विरामीहरूका लागि इटहरीमा रहेको नव दृष्टि आँखा हस्पिटलमा निशुल्क शल्यक्रिया समेत गरिने बताइएको छ ।

शिविरमा आँखामा मासु पलाएको अप्रेसन गर्नुपर्ने भएका २० प्रतिशत छुट प्रदान हुने आयोजकको भनाई छ ।शिविरमा जाँच गरिएको विरामीलाई नवदृष्टिमा रिफर गरिएको खण्डमा समेत एक हप्ताभित्र निशुल्क नाम दर्ताको व्यवस्था भएको साई हस्पिटल प्रालि झुम्काले बताएको छ ।

शिविर भोली बुधबार विहान १० बजेदेखि दिँउसा ३ बजेसम्म साई हस्पिटलमै सञ्चालन हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.