सहयोगबाटै बन्दैछ इटहरीमा मंगल राधिका षडानन्द हस्पिटल

इटहरी : नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ ।

इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान चलिरहेपनि श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पु¥याउने लक्ष्य राखिएको नेतृत्वकर्ता हेमप्रसाद घिमिरेले बताए ।

उनका अनुसार १५ बेडसम्मको अस्पतालको स्वीकृतिका लागि स्थानीय सरकारले नै अनुमति दिएकाले तत्काल उक्त संख्याको बेड सञ्चालन गरिने र पछि स्तर वृद्धि गरिने भएको हो ।

अहिलेसम्म अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र मेसिन सामग्री खरीद गर्दा दस करोड रुपैयाँ लागत लगानी भइसकेको घिमिरेले बताए ।

दाताकै सहयोगमा अस्पताल सञ्चालन गरिने हुँदा अस्पतालको मुख्य संरक्षकबाट जनही एक–एक करोड रुपैयाँ लिइनेछ ।

यसमा मुख्य तीन जना कृष्ण प्रणमीका अगुवा, एक जना इटहरीका उपमहानगरपालिकाका प्रमुख र अर्का एक जना जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख रहने व्यवस्था गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख र जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भने आर्थिक सहयोगको सीमा नतोक्ने निर्णय गरिएको घिमिरेले बताए ।

यस्तै, अस्पतालको विशिष्ट यशस्कार सदस्यबाट ५० लाख, अस्पताल आजीवन विशिष्ट मानार्थ सदस्यबाट पाँच लाख र अस्पताल आजीवन सदस्यबाट एक लाख रुपैयाँ लिने निर्णय भएको छ ।

अरू स्वदेशी तथा विदेशी दातासँग पनि आर्थिक सहयोग लिइनेछ । यसका लागि आगामी चैत २४ गतेदेखि सप्ताहव्यापी श्रीमद्भागवतसँगै स्वास्थ्य शिविर हुनेछ ।

घिमिरेले भने, ‘अस्पताल सुरु भएपछि अशक्त र असहायलाई निःशुल्क उपचार गरिनेछ ।’ अस्पताल सुरू भएलगतै सरकारको स्वास्थ्य बीमा नीति लागू गर्न पनि पहल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.