रामधुनी ४ मा वृहत स्वास्थ्य शिविर २५० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ४ मा वृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा २५० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गरिएका छन भने ६० जना भन्दा बढीको भिडियो एक्सरे समेत गरिएको छ ।

बुधबार रामधुनी ४ को लालपुर सहरी स्वास्थ्य केन्द्रको कार्यालयमा भएको शिविरमा इसिजी, इको,भिडियो एक्सरे, ल्याव परिक्षण, पाठेघर संबन्धी आङ खस्ने जाँच, भिआइपी क्याम्प आदि सेवा दिइएको थियो ।

ग्रामिण भेगमा बसोवास गर्ने अधिकांश महिलामा अशिक्षा र गरिबीका कारण धेरै महिला पाठेघर खस्ने समस्याले अकालमै मृत्यु हुने गरेको हुदा ती महिलालाई लक्षित गरि यो कार्यक्रमको आयोजना गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई ले बेस्ट सञ्चारलाई जानकारी दिए ।

अध्यक्ष भट्टराईका अनुसार शिविरमा आएका मध्ये पाठेघर सम्बन्धि जटिल अवस्था भएका विरामीलाई रामधुनी नगरपालिका वडा नम्बर ४ र सेभ द अर्थले अस्पताल सम्म लाने र अप्रेसन गर्नुपर्ने विरामीलाई नोबेल मेडिकल कलेज ले २५ प्रतिशत र सेव द अर्थले ७५ प्रतिशत उपचार खर्च बेहोरेर बिरामीको निशुल्क उपचार गराउने जनाए।

रामधुनी ४ र लालपुर शहरी स्वास्थ्य केन्द्रले आयोजना गरेको शिविरमा प्रविधिक रुपमा नोबेल मेडिकल कलेजल गरेको थियो भने सेब द अर्थ, इटिसि नेपाल र एन आर एन अस्ट्रेलियाले सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.