‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान–२०८१ अन्तर्गत रामधुनी नगरपालिका भित्र खोप दिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । आइतबार र सोमबार दुई दिन स्वास्थ्य शाखाको आयोजनामा तालिम दिइएको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपाल आइपिभी अफिसर अनिता बस्नेत र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा. विशाल गुरुङ लगायतले तालिम प्रदान गरेका छन् ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभि न आजदेखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन भएको छ । उक्त अभियान पालिकाले ७ देखि १० दिनसम्म सञ्चालन गर्नेछ । त्यसै अन्तर्गत रामधुनीमा भोलिदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने नगर स्वास्थ्य शाखाका सह–संयोजक नगेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार रामधुनीका कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका कम्तिमा २ हजार ९२३ छात्रालाई एचपिभी खोप दिइनेछ । जसका लागि नगरका ९ ओटै वडामा ४५ ओटा खोप केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.