इटहरीको नव दृष्टि आँखा अस्पतालले मनायो पाँचौँ वर्षगाँठ

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित नव दृष्टि आँखा अस्पतालले आफ्नो पाँचौ बार्षिक उत्सव इटहरीको तारे होटल सोल्टीमा भव्य कार्यक्रम गर्दै मनाएको छ ।


कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्दै सचिव देवकोटाले सरकारले गनुपर्ने उत्तरदायित्वको नवदृष्टिले गरिरहेको भन्दै खुसी व्यक्त गरेकी थिइन ।


नवदृष्टिले समय समयमा आँखा जाँच शिविरको आयोजना गर्नुका साथै निशुल्क मोतिया विन्दु लगायतका रोगको शल्यक्रिया समेत गरिरहेको छ ।

नव दृष्टि आखा हस्पिटलकी सञ्चालिका पुजा गौतम राईको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य संग सम्बन्धित विभिन्न संस्थाका व्यक्तित्वहरु उपस्थिती रहेको थियो ।

कार्यक्रममा हस्पिटलका सञ्चालक विजय गौतमले बार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए भने अवका दिनका गनुपर्ने र गर्ने कार्यक्रमको ठेली समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी हरुले नवदृष्टिको खुलेरै प्रसंशा गरेका थिए ।


कार्यक्रममा उपस्थित अतिथिलाई हस्पिटलका प्रशासकिय अधिकृत रोशन कार्कीले स्वागत गरेका थिए भने नव दृष्टि आँखा हस्पिटलकै विभिन्न बिभागका काम गर्ने कर्मचारीले प्रस्तुत गरेको नृत्य तथा नाटकले अतिथिलाई मन्त्रमुग्ध बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.