मंसिर महिनाभित्र स्वेतपत्र जारी गर्न कोशी प्रदेश सहकारी रजिष्टार कार्यलयको निर्देशन

इटहरी । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आफ्नो नियमन क्षेत्राधिकार भित्र रहेका सबै सहकारी संघ संस्थाहरुलाई मंसिर मसान्तभित्र श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।

सहकारी बिभागले दिएको एकिकृत निर्देशन अनुसार आफ्नो मातहतमा सहकारी संस्थालाई निर्देशन जारी गर्दै सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यलय इनरुवा सुनसरीले एक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संघसंस्थाले मंसीर मसान्तभित्र श्वेतपत्र जारी गरिसक्न भनेको हो ।

सहकारी संघ संस्थाहरुले मंसीर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ति लगायतका वित्तीय विवरण समेटिएको श्वेतपत्र जारी गर्न सहकारी रजिष्ट्रार कार्यालयले भनेको छ। त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएका सहकारी संस्थाले आगामी चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ताको कार्य योजना समेत आगामी पौष मसान्तभित्र पेश गर्न कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सबै सहकारी संघ संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनको सम्पत्तिको विवरण तथा ऋणको छुट्टाछुट्टै विवरण पेश गर्न पनि कार्यालयले भनेको छ ।

आगामी पौष भित्र उक्त विवरण पेश गरिसक्नु पर्नेछ। त्यसका साथै सबै सहकारी संस्थाहरुले कोपोमिस प्रणालीमा विवरण प्रविष्ट गर्न पनि कार्यालयले अनुरोध गरेको छ। सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० ले दिएको सुझावका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो स्थानीय निकाय र प्रदेश सरकारलाई उक्त निर्देशन जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.