इटहरी २ कि मधुमाया पुरीको धारिलो हतियार प्रयोग गरी हत्या स्थानीय सन्तोष राई पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ कि मधुमाया पुरीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

सोमबार अपहन्न छिमेकी सन्तोष राईले धारिलो हतियार प्रयोग गरी मधुमायाको हत्या गरेको प्रहरीले बताएको छ । गोठमा काम गरिरहेकी पुरीको हत्या गरेका सन्तोषले उनी बुहारीलाई समेत धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ ।

हत्यामा संलग्न राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घर पछाडिको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई दिउँसो ३ बजे राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको मृत्यु भइसकेको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.