झुम्का । रामधुनी ८ र ९ नम्बरका वडावासीहरुका लागि दुवै वडा कार्यालयको सयुक्त आयोजनामा एकदिने स्वाथ्य परामर्श तथा मुटु र स्त्रीरोग सम्बन्धि शिविरको आयोजना गरिएको छ ।
बुधबार वडा नम्बर ८ र ९ को आयोजना साथै सेभ द अर्थ संस्थाको सहयोग तथा नोवल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरबाट २ सय १९ जनाले स्वास्थ्य लाभ लिएको आयोजक समितिले जानकारी दिएको छ । रामधुनी नगरपालिकाकी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा शिविर उद्घाटन गरिएको थियो ।
उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथी थापाले शिविरबाट निःशुल्क सेवा लिएर बिरामीहरूमा रोग संग लड्ने थप क्षमता प्रदान हुँदै स्वास्थ्य रहन सहयोग मिल्ने बताइन ।
रामधुनी नगरको ग्रामिण क्षेत्र रहेको रामधुनी ८ र ९ नं वडाका वडावासीहरुमा बिशेष आर्थिक बिपन्न परिवारका बिरामीहरुलाई स्वास्थ्य उपचारको पहुँच पु¥याउँन शिविर गरेको रामधुनी वडा नंम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरीले बताए ।
रोगलाई समयमै उपचार गर्दा रोग संग जित्न सकिने भएको यस गाउँ क्षेत्रमा शिविरको आवश्यक्ता महशुस गर्दै सेवा दिने भएको वडाअध्यक्ष चौधरीको भनाई थियो ।
रामधुनी ८ नं। वडाअध्यक्ष सुरेन्द्र सिंहको सभापतित्वमा आयोजित शिविरमा नोबेल अस्पताल बिराटनगरबाट आएका डक्टरहरुबाट सेवा प्रदान गरेको छ । मुटु रोगका लागि डाक्टर कसान्त कटुवाल, दीपकराज बरालले सेवा दिएका थिए भने स्त्रीरोग सम्बन्धि डाक्टर दिपाली चौरसियाले बिरामीहरूमा जाँच गरेका थिए ।
शिविरमा विरामीहरूका लागि इसिजी, भिडियो एक्सरे, इको, ल्याब परिक्षण, पाठेघर सम्बन्धि जाँच गरिएको थियो । शिविरका लागि सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, एन।आर।एन।अस्ट्रेलियाले सहयोग गरेको आयोजक समितिले जानकारी दिएको छ ।
शिविरमा सहभागी डाक्टरहरुलाई सेभ द अर्थले सम्मान समेत गरेको थियो । शिविर रामधुनी वडा नं ८ को स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।