इटहरी । गए राती अथानमा आएको  हात्तीको आक्रमणबाट  इटहरी २ बुढासुब्बा टोलमा एक युवकको मृत्यु भएको छ ।

रातको समयमा आएको हात्तीको हुललाइ धपाउन गएका इटहरि २ का रबिन खड्काको आक्रमणमा परि मृत्युु भएको हो

नजिकैको जंगल हुँदै दैनिक जसो २५ वटा भन्दा बढीको समूह गाँउ पस्न थालेपछि खेदाउन घर बाहिर निस्केका इटहरी २ का रविन खड्कालाई आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

हात्ती धपाएर फर्कने क्रममा रहेका ५/६ जनाको समुह फर्कने क्रममा हात्तीले आक्रमण गरेको थियो । खड्का बाहेक अन्य भागेर बाच्न सफल भएका थिए ।

हात्तीको जत्था भगाउन तालतलैया अस्थाइ प्रहरी चौकि र शसस्त्र प्रहरीको टोलि समेत खटिएको थियो ।

हात्तिको आतंक बारे तरहरामा रहेको डिभिजन बन कार्यालयले भने चासो नखाएको आरोप लागेको छ ।

बारम्बार फोन गर्दा समेत डिभिजन बन कार्यलय का प्रमुखसङ सम्पर्क नभएको ताल्तलैया अस्थाइ प्रहरी चौकिका इन्चार्ज हरि सुबेदिले बताए ।

दैनिक जसो हात्ती आउन थालेपछि इटहरी ३ र २ का जंगल आसपास बस्नेहरु आतंकित भएका छन् ।

376395678_1353369291946755_1751635775586535906_n

हात्तीलाई खेदाउन दैनिक रात स्थानीहरु भेला भएर रातभर जाग्राम बस्ने गरेका छन् । दैनिक जसो हुलका हुल हात्ती आउन थालेपछि धेरै जसो स्थानीयहरु घर जग्गा बेचेरै अन्यत्र जाने योजनामा पनि रहेका छन् ।

370065120_186865461162492_1070734987125832057_n