इटहरी । इटहरी १६ बालग्राममा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक अध्यक्षमा पुन शालिकराम ढकाल चयन भएका छन् ।
आगामी ४ बर्षका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति समेतको छनोट गर्ने गरी भएको संस्थाको २२ औँ बार्षिक साधारणसभाले ढकाललाई पुन अध्यक्षमा अनुमोदन गरेको हो ।
यहि असोज १० गते सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको लागि उम्मेद्वारी आव्हान गर्दैै संस्थाले सुचना प्रकाशन गरेकोमा अध्यक्षका लागि ढकालको एकल उम्मेद्वारी परेको थियो ।
यसैगरी संस्थाको उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, सचिवमा महेशकुमार रेग्मी, उपसचिवमा टेक बहादुर खतिवडा, कोषाध्यक्षमा यादव प्रसाद सिग्देल चयन भएका छन् ।
यसैगरी संस्थाको सदस्यहरुमा प्रेम चन्द्र रौतार, गणेश बहादुर भण्डारी, कृष्ण प्रसाद लम्साल,संगीता कुमारी चौधरी,अन्जु थापा,रमादेवी कोइराला, बिजय खनाल,गिता देवी अधिकारी, अनिता चापागाई सर्वसम्मत चयन भएका छन् ।
यता ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा शशि कुमार उपाध्याय, सदस्यहरुमा खेम नाथ न्यौपाने र कौशल निरौला चयन भएका छन् ।
निर्विरोध चयन भएका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई संस्थाको सभाहलमा बिहिबार आयोजित एक कार्यक्रमका वीच निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रेम प्रसाद पोखरेलले सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्साल तथा सल्लाहाकार डा. दिवाकर रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए । पुर्व सञ्चालक समिति , लेखा सुपरिवेक्षण समिति र संस्थाको हालै सम्पन्न २२ औँ साधारण सभाको मुल माइन्यूट प्रमाणिकरण समितिको उपस्थितीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।
संस्थाको हलमा उपस्थित भएका मुल माइन्यूट प्रमाणीकरणका लागि सात वटै इकाई गत साधारणसभाबाट चयन भएका मुल माइन्यूट प्रमाणिकरण समितिका प्रतिनिधिलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले मुल माइन्यूट पढेर सुनाएका थिए । इकाई गत साधारणसभाबाट पारित भएको प्रस्ताव तथा चालु आर्थिक बर्ष २०८० ८१को बजेट समेत प्रमाणिकरण गरिएको छ ।
किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारणसभाले आफ्ना सदस्यलाई ११ प्रतिशत सेयर लाभांश पास गरेको छ ।f