चाडबाडको समयमा घर छाडेर हिडनुपरे छिमेकी र प्रहरीलाई खवर गर्नुहोस -प्रहरी

इटहरी । इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक केशव गौतमले चाडबाडको समयमा लामो समय घर छाडेर हिँड्नुपरे छिमेकी तथा प्रहरीलाई खवर गर्न आग्रह गरेका छन् ।

बिहिबार स्थानीय पत्रकारहरुसँग नजिकिँदै गरेका चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी निरीक्षक गौतमले चाडपर्वको समयमा घर छाडेर हिँड्दा चोरी तथा लुटपाटका घटना घट्न सक्ने भन्दै घरमा आफु नहुने जानकारी स्थानीय प्रहरी तथा छिमेकीलाई गराउन आग्रह गरेका हुन ।

चाडपर्व लक्षित सुरक्षा योजनामा नेपाल प्रहरी लागेको बताउँदै प्रहरी निरिक्षक गौतमले प्रहरीले निरन्तर मोवाइल टोली खटिएर निगरानी गरिरहने र स्थानीयले पनि साथ दिए अपराध न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एकम्वा, बक्लौरी र लालपुर प्रहरी चौकी इलाका प्रहरी कार्यलय पकली अन्तर्गत रहेका छन् । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत पकली चोकमा प्रहरीको एउटा भ्यान रहने साथै लविपुर चोकमा मोटरसाइकल सहितको प्रहरी टोली तैनाथ रहने प्रनि गौतमले जानकारी दिए । रात तथा दिनमा कुनै अपराधिक घटना घट्न लागेको जानकारी भए तुरुन्त प्रहरीलाई खवर गरिदिन प्रनि गौतमले स्थानीय बासीलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.