इटहरी । इटहरीको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷८० मा ४५ लाख रुपैँया संचालन मुनाफा कमाएको छ ।
संस्थाको १५ औँ बार्षिक साधारणसभामा अध्यक्ष दिपक पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले एक बर्षमा २ करोड ३७ लाख ७० हजार ४४७ रुपैँया कुल आम्दानी गर्न सफल भएको बताए । उनले ऋण कारोबारबाट २ करोड ७६ लाख ७७३ रुपैँया र अन्त आम्दानीबाट ३६ लाख ९३ हजार ६७३ रुपैँया आम्दानी भएको बताए ।
शुभलाभले गत आर्थिक बर्षमा ३१ करोड ६९ लाख ८५ हजार ९४८ रुपैँया निक्षेप संकलन गर्दै १२ करोड ३० लाख ३६ हजार ७३४ रुपैँया कर्जा प्रवाह गरेको थियो ।
संस्थाले एक बर्षमा १७ करोड ६० लाख ८० हजार ७ सय ५ रुपैयाँबराबरको कारोबार गरेको छ ।
राष्ट्रिय सहकारी बैँकका उपाध्यक्ष रमेश कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अधिकांश वक्ताहरुले १७ करोडको कारोबार गर्ने संस्थाले एक्सेस ब्राण्डिङ जानुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा शुभलाभलाई शुभकामना दिँदै बचत तथा ऋण संघ सुनसरीका उपाध्यक्ष प्रल्हाद दाहाल साथै जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहालले यति ठुलो कारोबार गर्ने संस्था एक्सेस ब्राण्डमा जानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पुर्वान्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश भट्टराईले शुभ लाभको वासलात राम्रो रहेको भन्दै राम्रो ढंगले चलेका सहकारीमा समस्या नआउने बताए ।
कार्यक्रममा इटहरी उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सहकारी संस्थामा कारोबार गर्दा सदस्यहरुले संचालकहरुको अवस्था, सहकारीको अवस्था र कारोबार लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी राष्टिय सहकारी बैंकका उपाध्यक्ष रमेश कुमार पोखरेलले शुभलाभले सहकारीमा योगदान गर्ने ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे भने सहकारी अभियान जोगाइराख्न अभियान्ता हरुलाई हौसला प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्था स्थापनाको लागि सहयोग गर्ने व्यक्तित्वहरु किरण पराजुलीलाई सम्मान गरिएको थियो भने सृजनशील एक महिलामा राधिका कोइरालालाई सम्मान गरिएको थियो ।
यस्तै शुभलाभले जेष्ठ नागरिकमा सावित्री देवी वस्ती, उत्कृष्ट बचत कर्तामा नमिता नेवार, असल ऋणीमा गान्धी देवी चौधरी र उत्कृष्ट बाल बचत कर्तामा सुम्निमा सुव्वा वानेमलाई सम्मान गरेको थियो यस्तै एसइई तर्फ गत २०७९ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुसुया खतिवडा, आरभ पौडेल र आदित्य थापालाई सम्मान गरिएको छ भने प्लस टु तर्फ उत्कृष्ट अंक ल्याउने रइसा विष्ट, डेभिड खनाल र निर्मला भट्टराईलाई समेत पुरस्कृत गरिएको थियो ।