इटहरीको जन कल्याणकारी सहकारीको २४ औँ साधारणसभा सम्पन्न,उत्कृष्ट ऋणी र बचत कर्ता सम्मानित

इटहरी । इटहरीको जन कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले आगामी बर्ष १० प्रतिशत शेयर पुँजी थप गर्ने नीति पारित गरेको छ ।

्र्र्र२ करोड २२ लाख ९९ हजार ४ सय सेयर पुँजी रहेको जनकल्याणकारीले आगामी बर्ष सहकारीलाई एकिकरण गर्न समेत साधारणसभाबाट अख्तियारी पाएको छ । संस्थाले एकीकरणका सम्बन्धको प्रस्ताव साधारणसभामा पेश गरेको थियो ।

साधारणसभाले गत आर्थिक बर्षमा उत्कृष्ट ऋणीको रुपमा काजोल सुवेदीलाई छनौट गरी पुरस्कृत गरेको छ भने उत्कृष्ट बचत कर्तामा सम्झना थापा भण्डारीलाई पुरस्कृत गरेको छ । यस्तै २ जना उत्कृष्ट कर्मचारी समेत साधारणसभाको अवसरमा पुरस्कृत भएका छन् ।

सहकारीले कार्यलय तर्फ याम बहादुर प्रद्यानलाई पुरस्कृत गरेको छ भने बजार तर्फबाट निरा फुयाल लाई पुरस्कृत गरेको छ । सभामा प्रमुख अतिथिको मन्तव्य राख्दै इटहरी उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सहकारी संस्थामा सदस्यले के कस्तो सहकारी हो, संचालक समितिहरु कहाँका कस्ता व्यक्ति छन् भन्ने बुझेर मात्रै कारोबार गर्न आग्रह गरेका छन् ।

बाहिरका व्यक्तिहरु आएर सहकारी खोल्दै बचत कर्ताको बचतमा चलखेल गर्ने गरेका घटना बढेको बताउँदै पोखरेलले सहकारीको अवस्था बुझेर मात्रै कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेका थिए ।

सहकारीका सञ्चालकहरुले बचत कर्ताबाट बचत उठाएर घर जग्गामा हाल्नाले सहकारीमा समस्या आएको बताउँदै पोखरेलले कार्यक्षेत्रभन्दा बाहिर गएर काम नगर्न सहकारी संस्थाहरुलाई आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष जगतनाथ फुयालको सभापतित्वमा भएको कार्यक्रम संस्थाकी उपाध्यक्ष लक्ष्मी कुमारी थेवेले सञ्चालन गरेकी थिइन भने संस्थाका सचिव रन कुमार दाहालले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.