झुम्का । नेपाली थारु तथा मधेसी महिलाको विशेष पर्व जितियाको अवसरमा झुम्कामा एकीकृत जितिया पावैन कार्यक्रम भव्य रुपमा समापन भएको छ ।
कार्यक्रम थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति, थारु महिला सभा सुनसरी, थारु महिला उत्थान समाज र थारु चलचित्र तथा सांस्कृतिक संघको संयुक्त आयोजनामा रामधुनी १ को जित महान चोकमा भव्य कार्यक्रमको आयोजना गर्दै यस बर्षको जितिया मनाइएको छ ।
रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्य तथा उपप्रमुख तारा थापा साथै अन्य विशिष्ट अतिथी हरुको उपस्थितीमा आयोजित जितिया विशेष कार्यक्रममा अवलोकन कर्ताको भिड लागेको थियो ।
आफ्नो सन्तान र श्रीमानको सुख शान्ति एवम दिर्घाउ कामना गर्ने र सन्तान नभएका महिलाले सन्तान प्राप्तिका निमित्त जितिया पर्वमा व्रत बस्ने धार्मिक आस्था रहदै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एंव रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले थारु जाति कला संस्कृतिको धनी भएको र पछिल्लो समयमा नया पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । प्रविधिको युग संगै नया पुस्ताले अरुको अनुसरण गर्दै जादा आफ्नो धर्म संस्कृति विर्सदै जाने उनको भनाई थियो ।
आश्विन कृष्ण सप्तमीका दिन बिहान व्रतालु महिलाले नजिकैको जलासयमा गएर सामुहिक रुपमा नुहाइ जलाशयको नजिकै भुईमा घिरौलाको पत्ता विछ्याइर सोहि पत्तामाथि माटो राखि तेहि माटोमा तेल, सिन्दुर, पिना, र घिरौलाको फुन चडाई पुजा गरेर सूर्यलाई जल चडाउने गरिन्छ । सोहि दिन दिउसो व्रतालु महिलाहरु कोसेली बनाई माइती जने गर्दछन । साजमा दर अर्थात ओडघन खने गर्दछन, दरमा खिर दही सहित विभिन्न प्रजातिका तरकारी सहितको भोजन गर्दछन । अष्ठमिका दिन बिहानै जलासयमा गई अघिल्ला दिन झै पुजा गरी सूर्यलाई जल चडाएर निराहार व्रत बस्ने र दिनमा एउटा सामुहिक सानो पोखरी बनाई गाउँका सबै दिदीबहिनी तेहि भेला भएर पोखरीमा पुजा गर्ने गर्दछन । ढाकिमा पानसुपारी चामल, जितिया फुल, तुलसिपत्र सिन्दुर आदि चडाएर सुर्य भगवान र जिमुतवाहन भगवानको पुजा गरि धर्म गुरुबाट कथा स्रवण गर्ने गर्दछन । नहमिका दिन बिहान नुहाएर तुलसी नजिकै दही, चिउरा, अक्षता र सानो राउ चडाएर ५ वटा चामल, ५ वटा केराउ र तुलसिपत्र प्रसादको रुपमा खाएर व्रत समापन गरिने चलन छ ।
थारु जागरण संग जोडिएका धेरै संस्थाहरु भएपनि विभिन्न कारणले एकैठाउँमा उभिन नसकेका बेला यसवर्ष भने थाकस रामधुनी नगर कार्यसमितिले सम्पुर्ण थारु जागरणमा जोडिएका संघ संस्थालाई एउटै मञ्चमा ल्याउन सफल भएको थाकस रामधुनी नगर कार्यसमितिका अध्यक्ष राजकुमार चौधरीले बताए ।
चौधरीका अनुसार रामधुनी हरेक टोल बाट व्यानर सहितको झाकी सहित २५०० भन्दा बडी मानिसको उपस्थितिमा थारु संस्कृति भेषभुषा थारु परिकार लगायतको प्रचारप्रसार संगै पुस्तान्तरणका निम्ति कार्यक्रमको आयोजना गरिएको बताए ।
चौधरीले हरेक वर्ष जितिया पर्व मनाइने भए पनि यस वर्ष संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गरी मनाउन पाउँदा आफू अत्यन्तै खुसी भएको र यो कार्यक्रम सफल पर्न लागि पर्नुहुने थाकस रामधुनी नगर कार्यसमितिमा पदाधिकारी, लगायत एकीकृत जितिया पावैनमा सामेल हुनुभएका सम्पुर्ण संघसंस्था, मिडिया पाट्नर, कार्यक्रममा सुरक्षा प्रदान गर्नुहुने नेपाल प्रहरीलाई धन्यवाद दिएका छन ।
थारु अभियान्ता एंव थाकस रामधुनी उपाध्यक्ष सिता थरुनीले जितिया पर्व अतिनै महत्वपुर्ण पर्व रहेको र यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नका लागि यस्ता कार्यक्रम गरिरहनुपर्ने बताइन । कार्यक्रम उपाध्यक्ष सनम चौधरीले सञ्चालन गरेकी थिइन ।