चाडवाडको मुखमा सहकारीमा राखेको बचत फिर्ता नपाउने अवस्था,इटहरीको हलेसी उपभोक्ता सहकारी बिरुद्ध उजुरीको चागं

प्रकाश बन्जारा ।
इटहरी । इटहरीको हलेसी उपभोक्ता सहकारी संस्थाले बचत कर्ताको पैसा फिर्ता दिन नसकेको र कार्यलय समेत बन्द रहेको भन्दै सदस्यहरु उजुरी बोकेर इटहरी उपमहानगर धाउन थालेका छन् ।

आइतबार अपरान्ह सम्म उपमहानगरको सहकारी शाखामा ८८ जना बचत कर्ताले आफ्नो बचत फिर्ता गराउन पहल गरिदिन भन्दै उजुरी गरेका हुन ।

बचतकर्ताहरुले दुख: जिलो गरेको पैसा आफुलाई आवश्यक परेको समयमा निकाल्न नपाएको भन्दै बचत फिर्ताको लागि पहल गरिदिन उपमहानगरको सहकारी शाखामा अनुरोध गरेका छन् ।

सहकारी शाखाले गत आर्थिक बर्षमा र चालु आर्थिक बर्षमा समेत हलेसी उपभोक्ता सहकारीको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सहकारीले अनुत्पादन क्षेत्रमा बढी लगानी गरेको पाइएको बताएको छ ।

संस्थाको कार्यक्षेत्र भन्दा बाहिरका सञ्चालक र लेखा समितिका पदाधिकारीहरु रहेको भन्दै यस अघि उपमहानगरले नै हलेसीको अनुगमन गरी सहकारी ऐनको पालना गर्न निर्देशन गरेको थियो । इटहरीका सिमित ठाउँ कार्यक्षेत्र रहेको सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर समेत गएर बजार प्रतिनिधि मार्फत बचत संकलन गर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो ।

सहकारीले बचत कर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै बचतकर्ताहरु एक हप्ता पहिलेनै उपमहानगरलाई गुहार्न पुगेका थिए ।

नगरप्रमुख हेमकर्ण पौडेलको निर्देशनमा सहकारी शाखाले नगरका सहकारीहरूको अनुगमनलाई तिव्र पारेको छ यसैक्रममा हलेसीमा समस्या आउन सक्ने भन्दै सहकारी शाखाले पटक पटक सहकारीलाई नीति र विधिमा चल्न निर्देशन गरेको बताएको छ ।

आफ्नो नियमन क्षेत्रभित्र रहेको हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्थालाई बचत कर्ताको गुनासो आइसकेपछि तुरुन्त लेखा परिक्षण गरेर प्रतिवेदन सहित उपमहानगरमा हाजिर हुन निर्देशन गरेको उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् ।

सहकारीको अनुगमनकै क्रममा लेखापरीक्षण प्रतिवेदन प्रति चित्त नबुझेपछि पुन लेखापरीक्षण गर्न निर्देशन दिइएको छ । लेखा परिक्षण पुरानो हिसाव सहित आउने गरी गर्न र जो जसले बचत कर्ताको रकम हिनामिना गरेको हो त्यसबाटै समेत असुल उपर गर्न सजिलो हुनेगरी लेखापरीक्षण प्रतिवेदन आउने र सोहि अनुसार संस्थालाई बचत कर्ताको बचत छिटो फिर्ता गराउने पहल गरिने सहकारी शाखा प्रमुख पोखरेलले बेष्ट सञ्चारलाई बताए ।

” जसले यस्तो अवस्थामा ल्याएको छ त्यसैले व्यहोर्नुपर्ने भन्दै निर्देशन दिएका छौँ । आगामी मंगलबार सम्ममा लेखा परिक्षण प्रतिवेदन उपमहानगरमा बुझाइसक्ने बाचा गर्नुभएको छ उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ ।” पोखरेलले भन्छन् ।

“निकास निकाल्ने प्रयास गर्दा गर्दै पनि बचत कर्ताले बचत फिर्ता नपाएको निवेदन हाल्न थालेका छन् । अव लेखा परिक्षण प्रतिवेदन मंगलबार सम्म बुझाइए बिहिबार शुक्रबार सम्म पुन छलफलमा बसेर बचत कर्ताको बचत कसरी फिर्ता गराउने भन्ने सम्बन्धमा निस्कर्ष निकाल्छौँ । “पोखरेलले भने ।

संस्थामा लेखा समिति तथा र सञ्चालकहरु संस्थाको कार्यक्षेत्र भन्दा बाहिर रहेको अनुगमनका क्रममा पत्ता लागेको थियो । यस अघिको हलेसीको अनुगमनका क्रममा अनुगमन टोलीले सहकारी संस्थाको बचत, ऋण, कारोबार साथै सञ्चालक, लेखा र ऋण समितिका पदाधिकारी लगायतका फायलको निरिक्षण गरेको थियो ।

सहकारीले कार्यलय व्यवस्थापनका फर्निचर, डेकोरेसन लगायतका क्षेत्रमा बढी खर्च गरेको साथै ऋण लगानी कमजोर हुँदा संस्थामा दिन प्रतिदिन नोक्सानी बढ्दै गएको र लेखा परिक्षण प्रतिवेदन आउनसाथ आवश्यक कारवाहि अगाडी बढाइने इटहरी उपमहानगर सहकारी शाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.