झुम्का जेसिजको जेसिस सप्ताह २०२३ को समापन

इटहरी । झुम्का जेसिजले गत भदौ २९ गतेबाट शुरु गरेको जेसिस सप्ताह २०२३ को शनिवार औपचारिक समापन गरेको छ ।

रामधुनी ५ झुम्काको आरम्भ विद्या मन्दिरमा शनिवार सप्ताह अन्तर्गतको अन्तिम कार्यक्रमको रुपमा माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै सप्ताहको समापन गरेको हो ।

समापन समारोहका प्रमुख अतिथी रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले जेसिजले आफ्नो सोचमा परिवर्तन ल्याइदिएको बताए । पहिला पहिला जेसिज सुन्दा धनी मनिका छोरा छोरी लाग्ने संस्था जस्तो लागको भएता पनि जेसिजले धेरै सामाजिक र राम्रा कामहरु गरेको आफुले पाएको नगरप्रमुख चौधरीले बताए ।

झुम्का जेसिजको इतिहासमै पहिलो पटक महिला नेतृत्व जेसि कमला थापाको अगुवाईमा गरिएको जेसिज सप्ताहको मुल आयोजक समितिको संयोजन मनिष काफ्लेले गरेका थिए ।

हरितालिकाको अवसरमा तीजको दर खाने कार्यक्रमबाट सुरु भएको जेसिज सप्ताह, ट्राफिक सचेतना, तीज तथा जितिया सांस्कृतिक कार्यक्रम, शैक्षिक सामाग्री वितरण, मैत्रीपूर्ण फुटसल तथा वित्तीय साक्षरता हुँदै वक्तृत्वकला आएर टुंगिएको थियो ।

समापन कार्यक्रममा सप्ताह अन्तर्गतका बिभिन्न कार्यक्रमको संयोजन गर्ने कार्यसमिति र बाहिरका सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने झुम्का जेसिज २०२३ की अध्यक्ष कमला थापाले सम्पुर्ण कार्यसमितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेकी थिइन ।
सप्ताहको समापन कार्यक्रमको संचालन संस्थाका महासचिव सुमन कार्कीले सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.