प्याब्सनको एरिया स्तरिय हाजिरी जवाफमा आरम्भको जित

इटहरी । रामधुनी प्याब्सनको आयोजनामा शुक्रबार झुम्कामा भएको प्याब्सन एरिया स्तरिय हाजिरीजबाफ प्रतियोगिताको उपाधि झुम्काको आरम्भ बिद्या मन्दिरले हात पारेको छ ।

जिल्ला स्तरिय प्रतियोगितामा छनौटको लागि भएको हाजिरीजबाफ प्रतियोगितामा आरम्भ विद्या मन्दिरको तर्फबाट अंकित रायमाझी, सुवासना पौडेल र श्रेया घिमिरे सहभागि भएका थिए ।

प्रतियोगिताको द्धितीय उपाधि रामधुनी ६ को राइजिङ स्टार इंग्लिस स्कुल र तेस्रो झुम्काको अल्पाइन इंग्लिस स्कुल भएका थिए ।
रामधुनी नगरप्याब्सनका उपाध्यक्ष सरोज माझीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्याब्सनका उमेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम रामधुनी ५ को युनिक एकेडेमीमा सम्पन्न भएको थियो ।

रामधुनी नगरक्षेत्रका ११ वटा विद्यालयको सहभागितामा भएको हाजिरीजबाफ प्रतियोगितामा उत्कृष्ट हुने २ वटा टिमले जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुन पाउने रामधुनी प्याब्सनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.