सुनसरीका ७ सहित कोशी प्रदेश ६० सहकारी खारेजीको प्रक्रियामा, रजिष्टार कार्यालयले निकाल्यो सुची, दावी गर्न ३५ दिने म्याद कुन कुन परे?

इटहरी । प्रदेश सहकारी कार्यलय कोशी प्रदेशले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै कार्यलयका निमित्त रजिष्टार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ बर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्रक्रियामा लैजान ३५ दिने सुचना जारी गरेका हुन ।

दुहवी, देवानगन्ज, बराहा क्षेत्र लगायत सुनसरीका ७ वटा र कोशी प्रदेश भरीका ६० वटा सहकारी संस्थालाई ३५ दिन भित्र खारेजी गर्न नपर्ने हो भने के कति कारणले नपर्ने भन्ने कारण खुलाई सहकारी रजिष्टारको कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ । ३५ दिन भित्र सम्पर्क नगरेको खण्डमा कानुन अनुसार भैजाने सूचनामा जानकारी गराइएको छ ।

खारेजी सुचीमा परेका सहकारीहरूमा बिभिन्न बिषयगत सहकारीहरू परेका छन् जसमा सुपारी, जडिबुटी, कृषि, बहुउद्देश्यीय, र बचत तथा ऋण समेत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.