इटहरीको कर वृद्धि अध्ययन समितिको अन्तिम बैठक भोली आइतबार बस्दै, बैठक पछि सुझाव सहितको प्रतिवेदन बुझाउने

प्रकाश बन्जारा ।

इटहरी। इटहरी उपमहानगरपालिकाले चालु आर्थिक बर्षको आर्थिक ऐन अनुसार वृद्धि गरेको कर अध्ययन गर्न कार्यपालिका बैठकले गठन गरेको अध्ययन समितिको अन्तिम बैठक भोली आइतबार बस्ने भएको छ ।

नागरिक समाज इटहरीको आयोजनामा शनिवार भएको कर वृद्धि सम्बन्धि सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै कर वृद्धि अध्ययन समितिका संयोजक उमेश सुवेदीले कर वैज्ञानिक नरहेको स्वीकार गर्दै आफुहरुले एक महिना सम्म बिभिन्न कोणबाट अध्ययन गरेको र सुझाव सहितको प्रतिवेदन नगरपालिकालाई दिने बताए ।

कर समायोजनको लागि ढिला भइरहेको भन्ने सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै सुवेदीले आफ्नो समितिले गठन गरेको भोलीपटकबाटै काम सुरु रेको र बिभिन्न कोणबाट अध्ययन गर्दा समय लागेको बताएका थिए ।

आर्थिक ऐन पारित गर्ने बेलामा आफुहरुले कर नबुझेको र कर बढी भएको भनेर नागरिकले गुनासो गरेपछि मात्रै आफुहरुले कर बुझेको वडा नम्बर ३ का अध्यक्ष समेत रहेको सुवेदीले बताए ।

जनताका छोरा छोरी विदेश पढ्न जाने क्रममा आफुहरुको जग्गाको मुल्यांकन बढाइ दिनुपर्यो भन्दै आउने गरेको बताउँदै गर्दा सहभागीले बैदेशिक अध्ययनमा त्यस्तो मुल्यांकन आवश्यक नपर्ने भन्दै उक्त भनाइ फिर्ता लिन नाराबाजी गरेको थियो ।

भेलामा सहभागीको आवाजलाई मथ्थर पार्न कार्यक्रमको सभापतित्व ग्रहण गरिरहेकी नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्काले नै माइक पक्रेर बोल्नु परेको थियो ।

सर्वपक्षीय भेलामा बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरुले करको दायरा नबढाई दरमात्र बढाएर ढाड सेक्ने काममा वडाअध्यक्षहरू पनि दोषि रहेको औल्याएका थिए । वडामा बाटै करको दर बढी बनाएर सिफारिस गरिएको उनिहरुको तर्क थियो ।

नागरिक समाज इटहरीले कर वृद्धिको विरोध गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार उपमहानगरको गेटमा धर्ना दिएको नागरिक समाजले शनिवार सर्वपक्षीय भेला बोलाएको थियो । भेलामा इटहरी वडा नम्बर १७ का अध्यक्ष प्रभात आचार्य, वडा नम्बर ४ का अध्यक्ष भक्त लामा वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदी लगायत नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ४ का सुनिल कार्कीले वडा अध्यक्षहरुले कार्यपालिकामा आफ्नो कमजोर उपस्थिती जनाएको बताएका थिए भने जनताको अहितमा हुने कामको विरोध गर्न नसकेको आरोप समेत लगाउका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.