करवृद्धि विरुद्ध नागरिक समाजको इटहरी उपमहानगरगेटैमा धर्ना, सनिवार सर्वपक्षिय भेला गर्ने

इटहरी । इटहरी उपमहानगरपालिकाले भारी भर वृद्धि गरेको भन्दै नागरिक समाज इटहरीले आफ्नो चरणवद्ध आन्दोलन स्वरुप शुक्रबार उपमहानगरपालिकामा धर्ना दिएको छ ।

चरणबद्ध आन्दोलन घोषणा गरेको नागरिक समाज इटहरीले बिहिबार उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजको माग छ ।

करवृद्धिमा नागरिक समाज मौन रहेको भन्दै चर्को आलोचना भएपछि ढिलो भएपनि नागरिक समाज आन्दोलनमा उत्रिएको हो । मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए ।

आर्थिक ऐन २०८० मार्फत इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको समाजको ठहर छ । चरणबद्ध आन्दोलन घोषणा गरेको समाजले यसअघि एसएमएस पठाउने,सामाजिक सञ्जाल मार्फत कर घटाउन आग्रह गरेको नागरिक समाजले उपमहानगरपालिका अगाडी मौन धर्ना दिएको नागरिक समाज इटहरीका अध्यक्ष बालिका भट्टराईले जानकारी दिइन् ।

समाजले शनिवार इटहरीमा सर्वपक्षीय भेला राखेको छ भने २५ बजे नागरिक भेलाको आयोजना गर्दै छ । कर समायोजन नभए नो ट्याक्स सम्मका अभियान सञ्चालन गर्ने जनाएको छ । सो सम्बन्धमा सर्वपक्षीय भेलाले सुझाव दिने र सोहीअनुसार अघि बढ्ने समाजकी अध्यक्ष बालिका भट्टरार्ईले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.