पुर्वेली क्लव इटहरीले मनायो बार्षिक उत्सव

इटहरी । सुनसरीको इटहरीमा रहेको पुर्वेली क्लबले आफ्नो प्रथम बार्षिकउत्सव शनिवार मनाएको छ । इटहरी उपमहानगरको वडा नम्बर ४ का वडाअध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा भएको प्रथम वार्षिकोत्सव कार्यक्रममा संस्थापक सदस्य तथा आजिवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

क्लबका अध्यक्ष झलक बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा छोटो समयमै क्लबले बेग्लै पहिचान बनाइ सकेको पुर्वेली क्लवलाई आगामी दिनमा अझ प्रगतीको शुभकामना प्रमुख अतिथी लामाले दिएका थिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी,जनता बहुमुखी क्याम्पस प्राध्यापक केबल फुयल, वडा नं ४ का वडा सदस्य बिसेस्वर पोखरेल, लगायत आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरुले आवश्यक परेको बेला सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष झलक बनले युवा पुस्ताहरूलाई खेलकुद सँग जोडर दक्ष खेलाडी बनाइ राष्ट्रमा चिनाउने उद्देश्य सहित क्लबको स्थापना गरेको बताए । २०७९ मा स्थापना भएको क्लब खेलकुद सँगै विभिन्न सामाजिक कामहरूमा पनि त्यतिकै सकृिय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.