रातको समयमा मोरङमा सहकारी फोडि चोरी गर्ने ३ जना पक्राउ

इटहरी । गत श्रावण ३२ गते राती मोरङको धनपालथान गाउँ पालिका वडा न ०२ कुशमाहमा रहेको ूयुवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।

रातको समयमा ढोकामा लगाइएको ताला फुटाइ तत्काल नाम,थर, वतन नखुलेको मानिसहरुले स्टिलको दराज तथा टेबलको घर्रामा रहेको नगद ५० हजार रुपैया र २ थान ल्यापटप चोरी गर्ने ३ जनालाई रंगेली प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सहकारीले अनुसन्धान गरि कारबाही गरि पाउँ भनी दिएको निवेदन उपर प्रहरीले कारवाहि प्रक्रिया अघि बढाएको थियो । युवा विकास बहुउद्देश्यीय सहकारीले दिएको उजुरीको सम्बन्धमा यस ईलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरियातीबाट टोलि खटिई अनुसन्धान गर्ने क्रममा जिल्ला मोरङ धनपालथान गाउँपलिका वडा न ०१ नोचा बस्ने वर्ष २१ को पारस मण्डल,मोरङ धनपालथान गाउँपालिका वडा न ०७ कदमाह बस्ने वर्ष २४ को रोशन मण्डल र मोरङ धनपालथान गा।पा।वडा न ०७ कदमाह बस्ने वर्ष २० को विशाल कुमार सिंह पक्राउ परेका छन् ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.