इटहरी । चोरी गरी अदालतको फैसला अटेर गर्दै भागेका इटहरी ८ का मनिष चौधरी पक्राउ परेका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार प्रतिवादी मनिषलाई मंगलबार पक्राउ गरेको हो ।
चोरी मुद्दामा जिल्ला अदालत सुनसरीको गत माघ १९ गतेको फैसला आदेशले ५ महिना ३ दिन कैद र १० हजार जरिवाना तोकिएका इटहरी उपमहानगरपालिका ८ का २८ वर्षीय मनिष फरार अवस्थामा थिए । चौधरीलाई पक्राउ गरी कैद भुत्तानका लागि झुम्का कारागार पठाइएको छ ।