प्रकाश बन्जारा ।
इटहरी । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यलय इनरुवा सुनसरीले आफ्नो नियमन क्षेत्रमा रहेका सहकारी संस्थालाई १९ बुँदे निर्देशन जारी गरेको छ ।
निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीद्वारा जारी गरिएको निर्देशनमा सहकारी संस्थाले १५ प्रतिशत तरलता कायम राख्नुपर्ने , संस्थाको उदेश्य अनुरुप विनियम बमोजिम मात्रै अचल सम्पत्तिमा लगानी गर्न पाउने, समयमा नै लेखा परिक्षण गराउने र लेखामान राख्ने लगायत छन् ।
साथै रजिष्ट्रारको कार्यालयले समयमा नै लेखापरीक्षण गराई साधारणसभाको ३० दिन पहिलेनै सदस्यलाई जानकारी गराउने र साधारणसभा भएको ३० दिनभित्र त्यसको प्रतिवेदन रजिष्ट्रारको कार्यलयमा पठाई सक्न समेत निर्देशन दिएको छ ।
सहकारी संस्थामा चुनिएका संचालक तथा सरकारद्धारा चुनिएका कर्मचारीले आफ्नो कार्यकालको हिसाव फरफारक गरेर मात्रै विदा हुन समेत निर्देशन गरिएको छ ।
सहकारी अनुगमनको क्रममा संस्थाहरुले यथेष्ट जोखिम व्यवस्था नगरी नाफा बाँडफाँड गरेको भन्दै रजिष्टारको कार्यालयले नियमानुसार ऋण जोखिम कोषको व्यवस्था गरेरमात्रै नाफा बाँडफाँडको प्रवन्ध मिलाउने भनेको छ ।
साप्ताहिक रुपमा तरलता गणना गर्न, ऋणी सदस्यहरुले सहकारीको ऋण नतिरेमा कालोसुचीमा पर्ने , अन्य वित्तीय संस्थामा कारोबार गर्न नपाउने भएकाले बजारमा चलेको हल्लाको पछि नलागी ऋण तिर्न समेत निर्देशन गरिएको छ ।
हेर्नुहोस् निर्देशनको पूर्णपाठ