झुम्का ।
सुनसरीको रामधुनी नगरपालिका-१ हनुमान मन्दिरबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सनिवार दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा स्थानिय ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले रोशन चौधरी लाइ पक्राउ गरेको हो। प्रहरीले रोशनको साथबाट ५०० दरका ३५ वटा नोट समेत जफत गरेको छ । चौधरीलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय पकली पठाएको उक्त कार्यालयले जनाएको छ ।