मोरङ र उदयपुरको दुर्घटनाबाट २ जनाको मृत्यु

इटहरी । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे मोरङको उर्लाबारी नगरपालिका- ३ सोल्टी पुल स्थितमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशा तर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाईकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक झापाको कमल गाउपालिका १ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।

पौडेलको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो ।

त्यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका १० स्थित मदन भण्डारी लोक राजमार्गमा हिजो साँझ ५ बजे गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको मिथिला नगरपालिका ११ का १७ बर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.