इटहरी । २६ बर्षिया अविवाहित युवतीले जन्माएको बच्चा विराटनगरको ग्रीनक्रस अस्पतालमा गायब बनाइएको घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको प्रहरीले बताएको छ ।
प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी २६ बर्षिया युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको माभोलिपल्टै उनले छोरीलाई जन्म दिएकीथिइन । बच्चा हस्पिटलबाटै गायव भएपछि प्रहरीले गरेको अनुसन्धानबाट भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएर राखेको पाइएको छ ।
सुरुमा ग्रीनक्रस अस्पतालनजिकै मेडिकल क्लिनिकमा गर्भवतीको परीक्षण गरिएको र लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।
प्रहरीका दुवैले हस्पिटलमा गलत नाम दिएर भर्ना गरेका थिए । भर्ना गर्दा युवकको नाम गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख गरिएको थियो ।
प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको थियो । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेको र त्यसपछि फर्केर नआएको युवतीले प्रहरीलाई बताएकी छन् ।
होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएर आफू सुनसरीको सोनापुर आएर बसेको उनको भनाइ छ । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् । सकुशल छोरी जन्मिएको भनेर नर्सहरूले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आँफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको बताइन् ।
बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।
उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले चिकित्सक र गोविन्दलाई पक्राउ गरेको छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा तपेश्वरलाल कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट ९पूर्वमेसु० समेत हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए ।
प्रहरीको कव्जामा रहेका डा. कर्ण उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा। कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ ।
उनका अनुसार बच्चा कहाँ पुर्याइयो भन्ने खुल्न बाँकी छ । गोविन्द र डाक्टर समेत पक्राउ गरेकाले बच्चाको अवस्थाको बारेमा सत्य तथ्य चाँडै खुल्ने अपेक्षा गरिएको छ ।