इटहरी उपमहानगरको वडाबाट प्रस्तावित भएको थियो जग्गाको मूल्यांकनमा भारी वृद्धि, हेर्नुहोस् वडा नम्बर ३ र ४ को अवस्था

प्रकाश बन्जारा ।

इटहरी । इटहरी उपमहानगरपालिकामा आर्थिक ऐन २०८० मार्फत वृद्धि भएको जग्गाको मुल्यांकन वृद्धिमा वडा अध्यक्षहरुले गरेको मुल्यांकन प्रस्ताव नै भारी रहेको पाइएको छ ।

आफ्नो वडामा आउने बजेटको सिलिगं कम नगर्न दवाव सिर्जना गरेका वडा अध्यक्षहरु अहिले कर वृद्धिको चौतर्फी विरोध हुँदा पानी माथिको ओभानो हुँदै आफैँ विरोधमा लागेको नगरपालिकाको कार्यपालिका बैठकले समेत देखाएको थियो ।

कार्यपालिका बैठकबाट वृद्धि भएको करको समायोजन तथा अध्ययन गर्न बनेको समितिका संयोजक उमेश सुवेदी जो वडा नम्बर ३ का वडाध्यक्ष समेत हुन । उनैले आफ्नो वडामा दोव्वर बढी जग्गाको मुल्यांकन वृद्धि सिफारिस गरेको तथ्य खुलेको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का गत आर्थिक बर्षमा कट्ठाको ३ लाख ३० हजार मुल्यांकन भएका जग्गाको मुल्यांकन वडा अध्यक्ष उमेश सुवेदीले ७ लाख प्रति कठ्ठा प्रस्ताव गरेका थिए । जुन गत बर्ष कट्ठाको ३ लाख ३० हजार कायम थियो । यस्तै वडा नम्बर ३ को वडाका पिच सडकसँग जोडिएको जग्गाको मुल्यांकन मालपोत कार्यालयले सिफारिस गरेको ३० लाख कठ्ठा हुदा वडाले भने ३५ लाख कट्ठाले सिफारिस गरेको छ । उक्त जग्गा गत आर्थिक बर्षमा २३ लाख १० हजार कट्ठाले मुल्यांकन गरिएको थियो ।

वडा नम्बर ३ को पिच सडकसँग नजोडिएका जग्गाको मुल्यांकन भने १२ लाख १० हजारबाट २० लाख पुर्याइएको छ । पिचले नछोएका जग्गाको मुल्यांकन मालपोत कार्यलय सुनसरीले १८ लाख सिफारिस गरेको थियो ।

यता इटहरी उपमहानगरको वडा नम्बर ४ का जग्गाको मूल्यांकनमा भने ४४ लाखको जग्गाको मुल्यांकन करोड पुर्याइएको छ भने मुल सडक बाहेकका जग्गाको मुल्यांकन समेत १ करोड १० लाख सम्म बढाइएको छ ।

पिच सडक बाहेक वडा नम्बर ४ का भित्री भागका सडक बाटोका दायाँ वायाँका सडकको मुल्यांकन गत आर्थिक बर्षमा कट्ठाको २७ लाख ५० हजारबाट बढाएर एकै पटकमा ७० लाख पुर्याइएको छ ।

वडा नम्बर ४ घ का बाकी जग्गाको मुल्यांकन ९ लाख ९० हजारबाट दोव्वर बढाएर २० लाख प्रस्ताव गरिएको थियो भने वडा नम्बर ४ ङ्ग को पिच सडकसँग जोडिएका जग्गाको मुल्यांकन २७ लाख ५० हजारबाट झण्डै ४०० प्रतिशत बढाएर १ करोड प्रति कठ्ठा प्रस्ताव भएको थियो ।

वडा नम्बर ४ का अध्यक्ष भक्तबहादुर लिम्बुले पिच सडकसँग नजोडिएको ४ ङ का जग्गाको मुल्यांकन समेत १६ लाख ५० हजारबाट ६० लाख पियाउँदै प्रस्ताव गरेका थिए नगरले वडाले गरेको प्रस्तावलाई जस्ताको तस्तै आर्थिक ऐन मार्फत नगरसभाबाट पास गरेर लागु गरेको छ ।

सो वडामा नयाँ खोलिएका सडकमा पनि नपरेका जग्गाको मुल्यांकन समेत चार गुणा बढाएको पाइएको छ । ४.५.३ का भित्री भागको सडकमा समेत नपरेका जग्गाको मुल्यांकन ७ लाख ७० हजारबाट बढाएर ३० लाख प्रस्ताव गरिएको छ । ४ लाख ४० हजार रुपैँया अघिल्लो बर्षको मूल्यांकनमा भएका जग्गालाई १८ लाख पुर्याइएको छ भने २३ लाख ९० हजारलाई ५० लाख र १६ लाखको मुल्यांकन लाई ३० लाख रुपैँया सम्म वडा नम्बर ४ ले प्रस्ताव गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.