सहकारीको सदस्य बनेपछि फस्टाएको झुम्काकी बविताको व्यावसाय

राजन भट्टराई ।

झुम्का । संघर्ष सबैले गर्छन सफल हुन । कोहि पढाइमा सफल हुन संघर्ष गर्छन त कोहि खेल जित्न कोहि नाम कमाउन संघर्ष गर्छन त कोहि दाम कमाउन  । भनिन्छ मानिसको जीवन संघर्ष संघर्षको हुन्छ । प्राय मानिस संघर्षको दौडानमा धेरै चोटि लड्छ कोहि कोही उठ्न सक्छन त कोहि कोहि उठ्नै नसक्नेगरी लड्छन र जोस नै मारेर पलायन हुन बाध्य हुन्छन । तर रामधुनी नगरपालिका वडा नम्बर ५ कि हिरा कटिङ सेन्टरकी संचालक बबिता चौधरीले भने व्यावसाय सुरु गरेदेखि गरेको संघर्षबाट अहिले सम्म पछाडि फर्कनु परेको छैन ।

रामधुनी ९ को आदिवासी समुदायमा जन्मेकी हीराले आफुले २० वर्षको उमेरमा एस एल सि दिएपछि के गर्ने भन्न अन्योलता छाएका बेला सिलाई कटिङ तालिम सिक्ने अबसर पाइन । जेठो दाजु विरेन्द्र चौधरीले साथीलाई भनसुन गरेर झुम्का बजारको एक कटिङ सेन्टरमा करिव ४ महिनाको ८ सय तिरेर बबिता लाई कटिङ तालिम सिक्ने अवसर दिलाए । तलिम लिइसकेपछि दाजुले बबिता लाई व्यावसाय गर्न उत्प्रेरित गरिरहे ।

दाजुको यति ठुलो साथ पाएकी बबिता ले झुम्का बजारको भमरी चोक देखि केही सटर पश्चिम तर्फको एउटा सटर लिएर आफू संग भएको ८ हजार बाट ४ हजारको कपडा सिलाउने मेसिन  किनिन र बाकी ४ हजारले केही कपडा,धागो र केही कस्मेटिक सामान सहित २०६५ सालमा हिरा कटिङ सेन्टरको सुरुवात गरिन ।

०६७ सालमा किसान कल्याण बाट सदस्य बन्न प्रस्ताब आयो । केही दिन बबिता ले सो संस्थाको बारेमा बुभिन र सदस्य भएर नियमित बचत गर्न थालिन । त्यतिखेर सम्म बबिताको व्यावसाय केही माथि उठिसकेको थियो । ऋण लिन असाध्यै डर मान्ने बबिताको केही हिम्मत पनि बढ्यो । त्यसमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यावसाय बढाउने संकल्पका साथ उनले २५ हजार रुपैँया ऋण लिइन र व्यावसायमा हालिन त्यसले उनलाई उर्जा र हौसला दुवै दियो । नभन्दै व्यावसाय पनि फस्टाउँदै गयो ।

२०७१ मा बबिताको इटहरी १५ मा बिबाह भयो विवाह पछि व्यावसाय छोड्नुपर्ने हो कि भन्ने डरले बबिता लाई सताइरहन्थ्यो तर श्रीमान आफै बबिताको व्यावसायमा लागि परेर काम थाले । दुवै मिल्दा सफलता नजिकै रहने रहेछ भन्ने सन्देश उनिहरुको सहयोगी भावनाबाट थाहा हुन्छ ।

अहिले बबितासंग ८ बटा सिलाई मेसिन छन भने दैनिक १२ जनालाई सिलाई कटाइको तालिम समेत बविताले दिईरहेकि छन् । सिलाई कटाई तालिम दिएर र पसलका सामान बेचेर मासिक ५० हजार भन्दा बढि कमाउछिन बविला चौधरी ।

अहिले व्यवसायको आधार बढेर १५ लाख भन्दा बढीको भएको छ साथै मन र हौसलाको आकार पनि उत्तिकै बढेको छ उनिहरुको । एक त उनको संघर्ष हो भने अर्को सहकारी संस्थाबाट लिएको ऋण सहि ठाउँमा प्रयोग गर्यो भने किस्ता तिर्न र जिवन स्तर उकास्न गाह्रो हुदैन भन्ने कुराको सन्देश पनि हुन बविता र उनका पति ।

आर्थिक रुपमा सानो लगानी गरेर व्यावसायमा प्रवेश गरे तापनि किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो व्यावसाय बढाउन ठुला सहयोग गरेको बबिता सुनाउ छिन । तर यसमा किसान कल्याणको मात्रै हात पक्कै होइन हो त बविताको संकल्प र सहकारीको साथ दुवै हो जुन सहकारीको सिद्धान्तले प्रेरित गरेको छ ।

आफु संस्थाको सदस्य बनेपछि वविताले पटक पटक किसान कल्याणसँग वित्तीय कारोबार गरेकी छन् तर आफ् विश्वास पात्र बनिन रहेकी उनि ऋणलाई सहि ठाउँमा सदुपयोग गर्नुपर्ने बताउँछिन् ।

सदस्य हुँदै सानो बचतबाट सहकारी छिरेकी बविताले कुनै बेला ४ लाख सम्म ऋण लिएकी छन् तर उनलाई किस्ता तिनै कहिल्यै गाह्रो भएन ।
किन सहकारीका ऋणीले ऋण तिर्न सक्दैनन् भन्ने प्रश्नमा ऋण उनि भन्छिन् “ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गरो भने ऋण तिर्न सकिँदैन । हामी गरिवीबाट धनी हुने सोच लिएर हिड्ने हो भने पैसाले पैसा कमाउन गाह्रो छैन र बदनाम पनि हुन पर्दैन ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.